Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। भदौका लागि बैंकहरुले ब्याजदर बढाएपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ। गत बिहीबार भारी अंकले बढेको सेयर बजार आइतबार घटेको छ। सर्वाधिक असर जलविद्युत समूहका सेयरमा देखिएको छ।
जलविद्युतको सेयर मूल्यसँगै कारोबारमा गिरावट छ। यस्तै विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको गरेको कारोबारको वित्तीय विवरण सार्वजनिक गर्दा त्यसको पनि प्रभाव पनि बजारमा देखिएको छ।
गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीको वित्तीय विवरण निराशाजनक छ। यसले ती कम्पनीको सेयर कारोबारमा असर परेको देखिएको छ।
आइतबार बजार २१.९९ अंकले घटेको छ। २०३३.२ अंकबाट सुरु भएको परिसूचक घटेर २०११.१४ बिन्दुमा आइपुगेको छ।
बैंकहरुले भदौका लागि ब्याजदर पनि बढाएका छन्। गत वर्ष सेयर बजार निकै प्रभावित हुँदा सेयर धितो कर्जामा पनि कमी आएकाले बैंकहरुले सेयर धितो कर्जा घटाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
आज बजारमा १ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ। कारोबारका आधारमा भर्खरै सूचीकृत भएर दोस्रो बजारमा आएको आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रह्यो। उक्त कम्पनीको ६ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको छ।
यस्तै हिमालयन डिष्टीलरीको ४ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको छ। गत आर्थिक वर्षको वित्तीय विवरणमा नाफा तथा प्रतिसेयर आम्दानी नै घटेर आउँदा यस कम्पनीको सेयर सप्लाइ बढेको हो।
बजार घट्दा आज सबैभन्दा धेरै जलविद्युत क्षेत्र प्रभावित भएको छ। ब्याज दर बढ्ने भएपछि कम्पनीहरुको ऋण बढ्ने हुन्छ। गत वर्ष पनि जलविद्युत कम्पनीहरुमा ब्याजदरको असर निकै देखिएको थियो। तसर्थ यस उपसमूह आज २.३४ प्रतिशतले घटेको छ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल