Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । शेयर बजार आज पनि घटेको छ ।
वाणिज्य बैंकहरुले चैत महिनाबाट ब्याज घटाउने निर्णय गरेको र राष्ट्र बैंकले हिजो प्रकाशित गरेको ७ महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी रिपोर्टले अर्थतन्त्र सुधारिंदै गएको संकेत गरे पनि त्यसको प्रभाव शेयर बजारमा देखिएको छैन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार २४.६८ अंकले घटेको हो । १.२५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५१.२१ अंकमा ओर्लिएको छ ।
आज २५६ कम्पनीका ३३ लाख ६९ हजार १ सय ३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५ सय १५.१६ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि शुुभम् पावर लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो । त्यसैगरी खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ७.६२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ६ करोड २४ लाख ५६ हजार ७ सय ४५.३० रुपियाँ बराबरको कारोबार भएको हो ।
साताको पहिलो दिन हिजो आइतबार पनि बजार २६.८० अंकले घट्दा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५ सय १०।७५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल