Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तीन दिन लगातार घटेको शेयर बजार साताको अन्तिम दिन आज झिनो अंकले बढेर बिश्राम लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.७५ अंकले बढेको हो । ०.२३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०५५.५३ अंकमा उक्लिएको छ ।
आज २७६ कम्पनीका ८० लाख ८ हजार २ सय ४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५ सय १.६० रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार झिनो अंकले बढे पनि आज विभिन्न ७ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालिञ्चोक दर्शन लिमिटेड र बीपीडब्लू लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । त्यसैगरी सिटी होटल, हिमालयन लाइफ र सोल्टी होटलका लगानीकर्ताहरुले क्रमशः ९.९८, ९.९८ र ९.०७ प्रतिशतले नाफा कमाएका छन् ।
यता सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सबैभन्दा बढी ८.४१ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोल्टी होटल लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २९ करोड ६३ लाख ८२ हजार ७ सय ३८.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५२.२६ अंकले बजार बढ्दा ४ अर्ब ८६ करोड ९१ लख ८४ हजार १६.०२ रुपियाँ, सोमबार २.९४ अंकले बजार घट्दा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८ सय ८०.२८ रुपियाँ, मंगलबार २६.५६ अंकले बजार घट्दा ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९ सय ५३.९७ रुपियाँ र हिजो बुधबार १४.०५ अंकले बजार घट्दा ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २ सय ६०.७८ रुपियाँ बराबरको कारोबार भएको थियो ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल