Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेयर बजारमा ५.१९ अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१९ अंकले उकालो चढेको हो । ०.२६ प्रतिशतले बजार बढ्दा नेप्से १९६७.२९ अंकमा पुगेको छ ।
आज २८६ कम्पनीका ५७ लाख ७६ हजार ८ सय ९६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२.३२ रुपियाँ बराबरको कारोबार भएको हो ।
चार कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी कमाएका छन् । सीवाईसी नेपाल लघुवित्त, सयपत्री हाइड्रो, इन्फिनिटी लघुवित्त र सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.६६ र ९.४९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै पिपुल्स हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ६८ लाख ९ हजार १ सय ४१.३० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ३३.२० अंकले बजार घट्दा १ अर्ब ८३ करोड ४ लाख ८३ हजार ७ सय ४३.११ रुपियाँ बराबरको कारोबार भएको थियो ।


सम्बन्धित समाचार