Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शैलेन्द्रविरुद्ध पुष्परामको दौड !

काठमाडौँ । नुवाकोटेहरूले सुरक्षा फौजमा जिल्लाबासीलाई नाइके बनाउन निकै जोड गर्दै छन् । काँग्रेसका अर्जुननरसिंह केसी यो पाटोमा छैनन् । तर डा. प्रकाशशरण महत प्रतिपक्ष कित्ताबाट बूढानीलकण्ठको शक्ति लिने प्रयासमा छन् । तर यस पटक प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेकपाका सांसद हितबहादुर तामाङ, चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेसमेत सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनाललाई हटाएर एआईजीपी पुष्पराम केसीलाई आईजीपी बनाउने दाउमा छन् । खनाल पाँच वर्षे कार्यकाल पूरै आईजीपी बन्ने उमेरमा छन् । तर अहिलेको चलखेल नेपाल प्रहरी नै आईजीपीको कार्यकाल तीन वर्षे बनाउने भित्री तयारी हुँदैछ । एउटा गृहमन्त्रीले चासो लिँदैमा यो सम्भव हुन्न । यस पटक गृहमन्त्री रामबहादुर थापा त्यतसर्फ सोच्ने मान्छे होइनन् । वामदेव गौतम जस्ता धुन्धुकारी नेता गृहमन्त्री हुन्थे भने भन्न सकिँदैनथ्यो ।

तर रामबहादुर थापाले गृहका नीतिगत निर्णयमा अध्यक्ष प्रचण्ड र पूर्वगृहमन्त्रीहरू जनार्दन शर्मा, कृष्णबहादुर महरासँग नसोधी कुनै काममा हात हाल्दैनन् । उनले मन्त्रालयस्तरबाट लिनुपर्ने स्वीकृतिबाहेकमा चासो दिँदैनन् । केसीको नेकपा उपाध्यक्ष वामदेवसँग सम्बन्ध राम्रो छ । गौतम गृहमन्त्री हुँदा केसी विराटनगर, शैलेन्द्र मध्यक्षेत्र प्रहरी प्रमुख थिए । गौतमले केसीलाई चीन लगे । त्यो बेला भष्मासुर कोषराज वन्त आईजीपी थिए । प्रहरीको कार्यक्षेत्र खोस्ने काम पनि भयो । वामदेव विवादमा तानिएकै हुन् । प्रमका राजनीतिक सल्लाहकार रिमाल दामको भरमा काम गर्ने र मजदुरको श्रम खाने नेता हुन् । स्वार्थका लागि उनी माधव नेपाल प्यानल त्यागेर ओली प्यानलमा गए । त्यहाँ अर्का विवादास्पद चरित्र ईश्वर पोखरेलपुत्र र रिमालपुत्रको ओम्नी समूह जोडिएकै हुन्छ । नुवाकोटका अर्का एआईजी रामशरण पौडेल र पुष्परामको दौड खुमलटार र बालुवाटारसम्म मात्र होइन, कोटेश्वर र भैँसेपाटीसम्म छ । सशस्त्रको ऐन फेर्न र केसीलाई आईजीपी बनाउने यो दौडमा उनीहरूले अध्यक्ष प्रचण्डसँग शैलेन्द्रको सम्बन्ध बलियो बनाइदिने कपिलवस्तुबाट चुनाव जितेका चन्द्रप्रकाश खनाल हुन् भन्ने बुझ्न जरुरी छ ।