Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संवैधानिक इजलासबाट किन हटाइयो वरिष्ठ न्यायाधीश, अग्नि खरेलका व्यवसायिक पार्टनरलाई संसद विघटनको छिनो फानो गर्ने जिम्मा

काठमाडौं । देश अहिले अदालतको शरणमा छ । आगामी यात्रा कस्तो हुनेछ भन्ने कुरा सर्वोच्चले गर्ने संविधानको व्याख्यामा निर्भर हुनेछ । प्रधाननयायाधीश चोलेन्द्र शंशेर राणाले संवैधानिक इजलासको रोष्टर नै परिवर्तन गरेका छन् । प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट उपर आज हुने संवैधानिक इजलाश अघि प्रधानन्यायाधी राणाले रोष्टर परिवर्तन गरेका हुन् । ५ जनाको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खड्कालाई हटाएर न्यायाधीशहरु अनिलकुमार सिन्हा र तेजबहादुर केसी, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठलाई राखेका हुन् । कार्की महान्यायाधिवक्ता अग्नि खरेको ल फर्मका पार्टनर हुन् भने केसी राणाका यसम्यान । यसो गर्दा इजलासमा राणाको बहुमत बन्ने निश्चत भएको छ । गत बुधवार प्रधान न्यायाधीश राणाको एकल बेन्चले संसद विघटनको कदममा ‘संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको थियो ।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश हुन्छन् । संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । संवैधानिक इजलाशले संसद विघटनबारे अन्तरिम आदेश दिनसक्ने कानुनविद्हरुले बताइरहेका बेला रोष्टर नै परिवर्तन गरेपछि यसबारे चलखेल हुनसक्ने कानुनविद्हरुले बताएका छन् ।