Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संवैधानिक परिषद्को बैठक आज, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ५ बजे बैठक बोलाइएको हो।

बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्ने विषयमा छलफल हुने जनाइएको छ।

हाल निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, मुस्लिम आयोग, राष्ट्रिय समावेशी आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, थारू आयोग, मधेसी आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तथा राष्ट्रिय महिला आयोगमा गरी दर्जनभन्दा बढी पद रिक्त रहेका छन्।

संवैधानिक व्यवस्थाअनुसार परिषद्ले योग्य व्यक्तिको नाम छनोट गरी संसदीय सुनुवाइका लागि सिफारिस गर्ने व्यवस्था छ। बैठकबाट रिक्त पदपूर्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।