Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्करलाई प्रहरीले शुक्रबार केही घण्टा नियन्त्रणमा लिएर सोधपुछपछि रिहा गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार दिउँसो करिब ३ बजे पुष्करलाई नियन्त्रणमा लिएको थियो। उनलाई राति करिब १० बजे छाडिएको प्रहरीले जनाएको छ।
डिआइजी काफ्लेले पुष्करलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको पुष्टि गरे पनि त्यसको ठोस कारणबारे आफूलाई जानकारी नभएको बताएका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार पुष्करले प्रधानमन्त्री बालेन शाहबारे सामाजिक सञ्जाल वा अन्य माध्यममा अमर्यादित अभिव्यक्ति दिएको भन्ने सूचनाका आधारमा गृह मन्त्रालयमार्फत अपराध अनुसन्धान कार्यालयलाई सोधपुछका लागि निर्देशन दिइएको थियो।
तर प्रारम्भिक अनुसन्धानका क्रममा उनीविरुद्ध कानुनी कारबाही अघि बढाउन पर्याप्त आधार नदेखिएपछि करिब सात घण्टापछि रिहा गरिएको स्रोतको भनाइ छ। उनलाई श्रीमतीको जिम्मामा छाडिएको बताइएको छ।
पुष्कर हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव हुन्।
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल
२०८३ जेष्ठ २४
ताजा नेपाल