Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सडकलाई असहाय मानवमुक्त बनाउने घोषणा

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिएका छन् । भक्तपुरको कौशल्टारमा मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उनले सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका असहाय तथा सडक बालबालिको उचित व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

देशको भोलिका कर्णधारका रुपमा रहेका बालबालिका सडक आए, देश पनि सडकमा आउने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले अनाथ, बेसाहारा, असहाय कोही पनि सडकमा रहन नपरोस् भनेर अहिलेको सरकारले घोषणा गरेको बताए । उनले अभियान चलाएर केही महिनाभित्रै सडक रहेका अनाथ, बेसाहारा, असहायहरुको उद्धार गरिने बताए । प्रधानमन्त्री ओलीले भने, सडकमा आफै कोही पनि पुगेका होइनन् परिवारले नै पुर्‍याएका हुन् । आमाबाबु नपाल्ने छोराछोरीबाट करकट्टा गरेर आमाबाबुलाई दिलाउनुपर्छ ।

प्रधानमन्त्री ओलीले सडकलाई अनाथ, असहाय मानवमुक्त बनाउने उद्देश्यले सञ्चालन भएको अभियानका लागि रु एक करोड प्रदान गर्ने घोषणा गरे । प्रधानमन्त्री ओलीले सडकबाट उद्धार गरी आश्रममा ल्याइएका अनाथ, असहायलाई मासिक रु तीन हजारका दरले भत्ता उपलब्ध गराउने घोषणा पनि गरेका थिए । सामाजिक सञ्जालमा बिनाकारण सरकारको आलोचना गर्नेप्रति टिप्पणी गर्दै उनेले सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउनुको सट्टा यस्तो मानवीय सेवामा समय दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला र जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लाग्नुपर्ने बताए । मानवसेवा आश्रमलाई एक करोड दिने घोषणा गरेका छन् । मानवसेवा आश्रम भक्तपुरको गृह प्रवेश एवं उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आश्रमलाई १ कारेड रुपैयाँ दिने घोषण गरेका हुन् ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा खोलिएको आश्रमको १६ औं शाखा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको जेष्ठ नागरिक भत्ता रु २ हजारबाट एक हजार बढाएर ३ हजार बनाउने आश्वासन दिए । मानवसेवा आश्रमले गर्दै आएको सडकमा बेवारिसे अवस्थामा रहेको बेसाहरा जेष्ठ नागरिकहरु, मानसिक सन्तुलन गुमाएका, ब्यक्तिहरुको उद्धार गरेर स्याहार सुसार, उपचार गरेर नयाँ जीवन दिने कामको उनले प्रश‌ंसा गरे ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल