Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सतर्कता केन्द्रको सचिव नै रिपोर्टर

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्र हिजोको विशेष प्रहरी प्रशासनिक ढिलासुस्ती, आर्थिक बिचलन र सेवाग्राहीलाई सताउनेहरूमाथि निगरानी गरेर सचेत गराउने भन्दा पनि यतिबेला सडक विभागका डिजी, सुई र डिइहरूको विरुद्ध सूचना चुहाउने केन्द्र बनेको छ । सडकको डिजी हुँदै भौतिक पूर्वाधार मन्त्रालयको सचिव भएका रविन्द्र श्रेष्ठ यतिबेला सतर्कता केन्द्रको प्रमुख छन् । उनले सडक आयोजना प्रमुख, संघीय सडक निर्देशनालयका प्रमुखहरू र डिभीजन प्रमुखहरूको विरुद्ध केही छापामा समाचार लेखाउने गरेका छन् । तिनै श्रेष्ठ वामपन्थी लोगो लगाएर पुनः भौतिक पूर्वाधार मन्त्रालय फर्किने दौडधैप चर्काउँदैछन् ।
नेकपा एमाले काभ्रे २ बाट निर्वाचित सांसद गोकुल बाँस्कोटाको जिल्ला वासीका नाताले प्राप्त भौतिक पूर्वाधार मन्त्रालयको सचिव बनाइएका श्रेष्ठले आफ्नो अवधिभर भक्तपुर सडकमा प्रमुख बनाइएका मनिष सुमनबाट सडक आयोजनाहरूको पेटी कर उठाउँदै आए । त्यो बेला केन्द्रदेखि जिल्ला सडक डिभिजन होस् वा ठूला आयोजनाहरूमा प्रमुख बनाइएकाहरूलाई मन्त्री रेणु यादव र सचिव श्रेष्ठको टर्चर, घुससँग जोडिने गथ्र्यो । सडक क्षेत्रबाटै डिजी भएर मन्त्रालयमा पुगेका गोपाल तिवारी सचिव भएपछि रविन्द्र श्रेष्ठ सतर्कता केन्द्रमा पु¥याइएका हुन् । क्षमता भएर पनि प्रदर्शन गर्न नसक्ने भएकाले नै उनलाई भौतिकबाट राष्ट्रिय सतर्कता केन्द्रमा खटाइएको थियो । अहिले उनी पुरानै मन्त्रालय फर्किने दौडधूपमा लागेका छन् । सडक विभागको महानिर्देशक हुँदा भारतीय नागरिकता भएका रविन्द्रलाल दासलाई सूर्यविनायक–धुलिखेल–बर्दिबास सडक आयोजनाको प्रमुख बनाएका रविन्द्रलाल श्रेष्ठले यतिखेर आफ्नै नेतृत्वको राष्ट्रिय सतर्कता केन्द्रमा दासको दोहोरो नागरिकतासम्बन्धी उजुरी परेपछि त्यो उजुरीलाई गृहहुँदै अख्तियारमा पठाउने तयारी गरिरहेको थाहा भएको छ । यस्ता सचिवबाट मुलुकको राष्ट्रिय स्वाधिनता र सार्वभौम अखण्डता बच्छ कसरी ? उनी यतिखेर वामपन्थी नाता जोडेर पुनः भौतिक पूर्वाधार मन्त्रालयमा रजाइँ गर्ने बाटो खोजिरहेका छन् ।