Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्तापतनको उग्ररुप गण्डकी

  • इश्वरी वाग्ले

अघिल्लो पटक राष्ट्रिय जन मोर्चाका एक सांसद हराउदा मतदान नगराउने गण्डकी प्रदेशका सभामूखले अब नेकपा एमालेका तीन सांसद अनुस्पस्थित भए भने कसरी चुनाव गराउछन् ? यति बेला सत्ता अहंकारबाट उन्मुक्त भएका एमाले जनहरुले फैलाएको हल्ला हो यो । यो हल्लाबाट गण्डकी प्रदेशमा ओली सरकारको रत्तौली नचम्कला भन्न सकिन्न ।

किनकी राजमोका सांसदले पार्टीको निर्णय मान्ने बताइरहेका छन् भने गुण्डा नाइकेको उपाधि पाएका सांसद दिपक मनाङ्गेलाई फ्ल्योर क्रश नगरोस् भनेर सामाजिक विकास मन्त्रालय फुटाएर खेलकुद मन्त्री बनाइएको छ । उस्तै पर्यो भने गण्डकी प्रदेशबाट ओली शासनको परिचय खूल्ने गरि राष्ट्रियपति विद्यादेवि भण्डारीले सत्ता समाल्ने छिन् । नेकपा एमाले ओली गुटले चलाएको सत्ता अहंकार गण्डकी प्रदेशले देखाएको हर्कत र जीवनभर हप्ता उठाउने डनको रुपमा परिचीत दिपक मनाङ्गेलाई खेलकुद मन्त्री बनाएपछि आनन्द मिलेको छ ।

ओली गुटको रुप नै सिद्दान्त, विचार, दर्शन भन्दा लुटपाट मै केन्द्रीत छ भन्ने कुरा प्रम पदमा ओली पुगेपछि उनले सत्ता टिकाउन राज्यको श्रोत साधन कसरी दुरुपयोग गर्छन भन्ने कुरा गण्डकी प्रदेश पछिल्लो नमूना हो । नेकपा मसालका सांसद खिम विक्रम शाहीको अपहरणसँग जोडीएको चरक अस्पताल र जसपाका सांसद अपहरण गरेर धनुषाबाट होटल म्यारिडमा ल्याउने सांसद महेश बस्नेतको उपस्थितिले झन् शंका उब्जायो ।

प्रम ओलीलाई यो अवस्थामा पर्र्याएर अबको राजनीतिमा एमाले सिध्याउने पृथ्वी सुब्बा, शंकर पोख्रेल, विष्णु रिमाल, इश्वर पोख्रेल, सुभाष नेवाङ्गहरुको दिन खस्कने सम्भावना छ । किनकी उनीहरुले एमालेको वृहत रुप सहन सकेनन् । सत्ता टिकाउन लुम्बीनी प्रदेशमा शंकर पोख्रेलले मन्त्री मण्डल विस्तार गरेका छन् । गण्डकीमा चरक अस्पतालबाट फिर्ता हुनासाथ शाही पार्टी लाईनमा जोडिने बताउदा नेकपा एमालेको हालत के हन्छ ? नेकपा एमालेको ओली पथले कम्युनिष्ट राजनीतिको पतन श्रृंखला चलाएको धेरै भयो । सत्तामा मात्र केपि पथको ध्यान छ ।

देश कोरोना महामारीबाट ग्रस्त छ । अस्पतालका विरामीले प्राथमिक उपचार पाएका छैनन् । बेड बढेका छैनन् भाषण चर्काे छ । सत्ता टिकाउन संसद अपहरण गरे पनि भएको छ । पार्टीको विधान मिचेर निर्वाचित पदाधिकारीहरु हटाएर माओवादीबाट पोइला आएका सांसदलाई मन्त्री बनाइयो । केन्द्रीत सदस्य बनाइयो । अवैधानिक स्थायी समिति बनाए पनि भएको छ । निर्वाचन आयोग प्रधान मन्त्री जे भन्छन् त्यही गर्छ । त्यसले निस्पक्ष्ँता देखाउने आश जनतामा छैन । कम्युनिष्ट पार्टी र त्यो पार्टीका सांसदको ध्यान कमाउन केन्द्रीत छ । कति दिनका लागि दिपक मनाङ्गेले खेलकुद मन्त्री पाए ? उनलाई मनाङ्ग ख का एमालेका उम्मेद्वार हटाएर एमालेले समर्थन गरेर जिताएको हो ।

माफीयाका नायक पार्टी महासचिव इश्वर पोख्रेलले एमालेको समर्थन दिलाएको कारण मनाङ्गे भूइन भाँडामा भएका थिए । एमाले संसदीय कालमा बदनाम पार्टी थियो । त्यो पार्टीले सांसदहरु पैसामा नविकुन भनेर पार्टी कार्यलय बल्खुमा सांसद थुनेर राख्दा केशव स्थापित कमाण्डर थिए । सांसद खरिदको खेलो चलाएको एमालेको ओली पथले देशको सम्वृद्दि र विकास भन्दा व्यक्तिको हित गुटको स्वार्थमा लागेको धेरै भयो ।

यस पटक प्रम केपि ओलीको हुकुमी शासनका अगाडि पार्टी, विधान, संसदीय दल र संवैधानिक सर्वाेच्चताको ख्याल गरिएको छैन । कम्युनिष्टको चरित्र नभएपनि एमालेले जनताबाट पाएको विश्वास कम्युनिष्टको नामबाटै पाएको हो । प्रम ओलीमा त्यो धरोहर रहेन । उनलाई सत्ता बाहेक अरु चासो भएन । त्यही कारण गण्डकीकाट शुरु भएको रत्तौली, लुम्बीनी, बागमति हुँदै प्रदेश १ मा पुगेर चम्किने अवस्था आउदै छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल