Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सत्यका पुजारीको असत्य कर्म

कम्युनिष्टले म होइन हामी, मेरो होइन हाम्रो भन्ने दिन त्यो बेलाबाट गए जुन बेला मुलुकमा कानुनी राजको अन्त्य गरी हुकुमी राजको शुरुआत भयो । इतिहासले ०७४ को आम चुनाव र त्यो बहुमतीय कम्युनिष्ट सरकार दर्ज ग¥यो । तर त्यसका मुल ठेकेदार केपी ओलीलाई पचेन । किनकि उनलाई राज्यको ढुकुटीले बचाएको यो ब्रम्हलुट गर्न थिएन । भ्रष्टाचारका प्रत्येक इस्युमा यि नायक बनेर खडा भएका छन् । जसले म आफू भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिने छैन भन्यो उसेका पालामा अरवौंका भ्रष्टाचार एकपछि अर्को भए ।
पार्टीको नेता लघारेर नक्कली भुटानी शरणार्थी प्रकरण चम्काउने केपी नै भए । जसले सुनको जलप लगाउने भन्दै राज्यकोषबाट रु ३० करोड दिएर बाँकी पशुपति क्षेत्र विकास कोषलाई खर्च गर्ने गरी हुकुमी फरमान गरायो । त्यो पनि सत्ता गुमेपछि । आफैंले खेदेको माधव नेपाल, झलनाथ खनाल, सीपी मैनालीका अगाडि ठाडो शिर गर्न सक्ने ल्याकत तिनमा भएन । भ्रष्ट शिरोमणि ईश्वर पोखरेललाई बोकेर युरोपेली युनियनका विश्वासपात्र सुभाष नेम्वाङहरूले ओली विरुद्धको जन आवाज रोक्न सक्दैनन् । आफ्नो स्वार्थका लागि जस्तोसुकै निर्णय गर्ने ती महामानव यतिखेर पिडामा छन् । जुन बेला उनकै पत्नीको मानव धर्म सेवा नाम गरेको संस्थालाई राजेश बज्राचार्य र डा. अजय क्रान्ति शाक्यले करोडौं रकम बुझाएका ठगहरूले नाम लिए । ओली नजोडिएको र हात नहालेको कुनै त्यस्तो ठाउँ भएन । जहाँ भ्रष्टाचार नभएको होस् । दम्ब र अहंकार मान्छे कसरी सोत्तर हुन्छ अन्यत्र खोज्नै परेन । संसदमा उठेको विषय देउवा, प्रचण्ड र ओलीको मन्त्रणाले झस्केला । पशुपतिको सुन काण्ड तत्कालिन महालेखाको प्रतिवेदनमा टिपेक्स लगाउन मिल्दैन । बिनाशकाले विपरित बुद्धि भनेको यही हो । वाइडबडीको ३५ अर्ब कोरोना कालको ५४ करोड ओम्नी र औषधि खरिदका विषयले जनता भोकै मर्नु पर्दैन भन्नेहरूलाई गिराएकै छ । कानुन निम्छरोलाई बनाएर रवर स्ट्याम्प प्रवृत्तिको मक्कल गृहमन्त्री बनाइँदा चार चौरासी बुझेको गृहसचिव लगेर डनवाद र धनवादको खेती गर्दा योगेश भट्टराई, रघुजी पन्तका सडकका भाषण आकर्षक थिए । आज केपी ओलीको सेवक बन्न पुगेका तिनको समेत बदनाम भयो ।
बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुको पनि बाँकी राख्दैन भनेको यही हो । एमालेका हुकुमी शासकका काम भनेको आफ्नो लागि जसरी पनि धन आर्जन रहेछ भन्ने देखियो । यिनले जोगाएका डा. अजय क्रान्ति शाक्य, राजेश बज्राचार्य, राजेश्वर स्थापित सरकारको नजरमा दोष मुक्त बनाइएलान् तर जनताका अगाडि अब कसरी उत्रन सक्लान् ? जो राधिका शाक्यको मानव सेवा धर्मका नाममा त्यही बेला बालुवाटारमा पैसा बुझ्ने खजाञ्ची भएको तथ्य बाहिर आयो । सत्यका पुजारीको दलाली गर्दै राजनीति मानो धानेका नालयकहरूको समेत शिकारी चरित्रबाट देश जहाँ टेक्यो त्यहीं दलदलमा छ । १६औं गणतन्त्र दिवस मनाउँदै गर्दा ०७२ असोज ३ मा जारी संविधानले लाज मान्ने गरी नेताले गरेका कथित सहमति जनतालाई पचेको छैन । आफैंले पानी बाराबार बनाएर खेदेका माधव र झलनाथका अगाडि ‘बा’ संस्कृतिले केबुलकार र सर्प काण्ड उचाले पनि अब नपत्याउने बनाईदिएका छन् । आफैंले खनेको त्यो खाडलमा आफैं पर्दा नेकपा एमाले शुद्धताको कसीमा छ भन्ने ठाउँ रहेन । किनकि चप्पल कान्छाहरूलाई घरका मालिक, गाडीका मािलब नाउने माधव धर्म तिनैले चालए । जसकि श्रीमती संरक्षक रहेको मानव धर्म सेवाको नाममा सामाजिक कार्यमा छिन् । कति दिन लुक्छ र दब्छ यस्तो घटना । सधैं अख्तियारमा प्रेम राई हुँदैनन् । अख्तियारले दबाएको फाइल जनताको दबावमा खोतल्न मिल्छ । भ्रष्टाचार पैसा कुम्ल्याउनु मात्रै होइन । कानुन मिचेर आफ्नालाई गरिएको राजनीतिक नियुक्ति पनि हो । संसदमा बहुमत संसदहरूको उपस्थिति हुँदा हुँदै राष्ट्रपतिलाई पार्टीको चउन्ने सदस्य बनाएर जे जे अपराध गर्न लगाइयो त्यो समेत अपराध थियो । मात्र परिणाम कति भन्ने हो । शरणार्थी प्रकरण र जलहरी काण्डसँग जोडिएको ओम्नी, हुकाम, थामसेर्कू, बतास, वाइडवडी, यति एयर, सेक्युरिटी प्रेस, सुरक्षा मुद्रण, थर्मल गन, ललिता निवास, गिरिबन्धु टि स्टेटको जमिन जस्ता काण्ड कसले खडा गरेका हुन् ? केपी बाको कमालले यो बेला दब्लान् भोलि कुन्नि ?
अब यहाँ लोकतन्त्रप्रति को कति कस्तो विश्वासी छ त्यो देखियो । किनकि एमालेका केपी ओलीको पौरखलाई कानुनी रूपमा बचाउन जसरी तीन टाउको सहमति भो त्यसमा सरकार बाध्यताको शिकार भयो । संसदबाट नीति तथा कार्यक्रम पारित गर्नु छ गणतन्त्रको १५ वर्ष पुगेको दिन नजिक छ, आर्थिक वर्षको बजेट प्रस्तुत गर्नैछ । प्रतिपक्षलाई पेलेर जान अघिपछि सकिन्छ देशको भावी बाटो घोषणा गर्ने समयमा त्यो सम्भव भएन । प्रधानमन्त्रीले सहमति गरे । काँग्रेसकी महारानी डा. आरजु र मञ्जुको विरुद्धको जनमतलाई आईजीपी बसन्त कुँवरले दबाउन सक्ने ठाउँ थिएन । कुँवर आफैंले शरणार्थीका दुई ठग सानु भण्डारी टंक गुरुङलाई गृहको दबावले छाडेका थिए । त्यसको पुरस्कार बापत उनी १३ नम्बरबाट पहिलो नम्बरका डिआईजी भएका हुन् । आईजीपी बन्दासम्म उनले त्यही लिगेसी समाएका थिए । राजनीतिमा यस्ता अधर्मीहरू धेरै थिए र रहेछन् । जसले व्यवस्थाबाट आफू धनाढ्य भए देश, जनताको हितमा गणतन्त्रका १५ वर्षसम्म सिन्को भाँचेनन् । उनीहरूले गरेका पौरखी कामले संसददेखि सडकसम्म हल्लाएको छ । सत्य तितै हुन्छ, झूठो तग्दैन ।


सम्बन्धित समाचार