Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीपलाई दियो अमेरिकाले भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग २ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। उक्त टोलीमा सन्दीप पनि छन्।
क्यानडामा लिग २ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी २० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो। अमेरिकाले सन्दीपलाई भिसा दियो, सन्दीपनिकट स्रोतले बताएको छ ।


सम्बन्धित समाचार