Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्दीप विदेश जान पाउने, खेल सकिएको १५ दिनभित्र अदालतमा उपस्थित

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश जान अनुमति दिएको छ। साथै उनलाई धरौटीमा छाड्ने आदेश सदरसमेत गरेको छ। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। नाबालिग बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, उच्च अदालतले त्यसलाई उल्टाएर धरौटीमा छाड्न आदेश दिएको थियो। धरौटीमा छाड्न आदेश दिएको उच्च अदालतले उनलाई विदेश जान नपाउने आदेश गरेको थियो। त्यसविरूद्ध सरकारी वकिलको कार्यालय सर्वोच्च अदालत गएको थियो भने लामिछानेले क्रिकेट खेल्न विदेश जाने अनुमित माग गर्दै निवेदन दिएका थिए। सर्वोच्चले आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित हुन भनेको छ। सर्वोच्चको यो आदेशसँगै युएईमा जारी आइसिसी क्रिकेट लिग–२ मा भाग लिन पाउने भएका छन्। लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ।