Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सबै तिरबाट घेरिएवपछि राष्ट्रियताको सहारा !

काठमाडौं । गुटमै रमाएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जब जब समस्या पर्छ तब उनी बैठक मात्रै छाड्दैनन् राष्ट्रियताको सवाल उठाउने गर्छन् । पार्टीभित्रको असन्तुष्टि, कोरोना नियन्त्रणमा देखिएको कमजोरी लगायतका विषयमा सरकारको चर्को आलोचना भइरहेको र सरकार असफल भइरहेको टिप्पणी भएका बेला फेरि प्रधानमन्त्रीले आफ्नो भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको भन्दै नेपाली राष्ट्रियता त्यति कमजोर नरहेको बताएका छन् । उनले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतले भारतीय मिडियामार्फत आफ्नो नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको भन्दै तर त्यो प्रयास सफल हुन नदिने बताए । उनले नेपालले अरुको जमिन हस्तक्षेप नगरेकाले त्यो जमिन फिर्ता गरेरै छाड्ने पनि बताएका छन् । उनले नेपालको नक्सा छापेर संविधान संशोधन गरेवापत प्रधानमन्त्री हटाउने सपना नदेख्न भारतलाई चेतावनी दिँदै यतिवेला आफू हटे भोलिदेखि नेपालको पक्षमा कोही बोल्न नसक्ने भएकाले नेपालको राष्ट्रियतालाई त्यति कमजोर नठान्न आग्रह गरे । उनले कुनैपनि विषयमा बहकिन जरुरी नरहेको भन्दै साम्प्रादायिकताका आधारमा विग्रह पैदा गर्नेहरुलाई मदन भण्डारीले एकतामा बदल्ने प्रयास गरेको र त्यही विचारबाट चलेको पार्टीलाई कमजोर नआक्न सुझाव दिए । उनले नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र भएको भन्दै दुई देशबीचको तरुल पनि नभएकाले कसैको अधीनस्त भएर नबस्ने बताए । आइतबार मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।