Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
असारमा साधारणसभा, बोनस २० प्रतिशत
काठमाडौं । लामो समयदेखि बैंक संस्थापकहरूकै द्वन्द्वले विवादमा परेको एनसीसी बैंक अब भने आफ्नो रफ्तारमा चल्न पाउने भएकोछ । लक्ष्मीबहादुर श्रेष्ठ समूहले बैंकको पुँजी वृद्धि सम्बन्धमा पटक पटक अदालती अत्तो थाप्दा साधारणसभा गर्न समेत नपाएको बैंकले आफ्नो पक्षमा कानुनी फैसला भएपछि साधारणसभा गर्ने तयारीमा जुटेको हो । प्राप्त समाचारअनुसार बैंक डुबाउने पनि लक्ष्मीबहादुर श्रेष्ठ समूह नै हो । यो समूहले हरिसिद्धिको जग्गा बेच्न थालेपछि स्थानीय जनताको अवरोध भएको थियो । पैसाका लागि जस्तो पनि सुझाव मान्ने माओवादीका खञ्चुवाहरू यहाँ जोडिए । यस्तो द्वन्द्वमा निष्कलंकित सांसद एवं नेतृ पम्फ भुसाल समेत जोडिन पुगिन् । त्यो जग्गा प्रकरणमा पत्रकारलाई विद्युतीय कारोबार ऐनमा पक्राउ गर्ने र धम्क्याउने काम भयो । त्यहाँ शम्भु श्रेष्ठ, राजु बस्नेतले मानसिक यातना भोगे । यसको जड एनबी गु्रपका लक्ष्मीबहादुर श्रेष्ठ थिए । अदालतले एनसीसी बैंकको पुँजी वृद्धि सम्बन्धी परेका ९ वटा मुद्दा बैंकको पक्षमा फैसला गरेको छ । बैंकको उच्चसूत्रकाअनुसार अब सो बैंकले असारभित्र साधारणसभा गर्दैछ । सेयर होल्डरहरूलाई बोनस बाँड्ने, एपेक्स बैंकको मर्जपछिको विवाद हटाउने स्थिति बन्दैछ । यस पटक एनसीसी बैंकका शेयर होल्डरहरूले २० प्रतिशत बोनस पाउने स्थिति छ ।
सूत्रकाअनुसार, विवादास्पद एपेक्स बैंकको डुबेको लगानी क्रमशः रिकभर हुँदै गएको नेपाल राष्ट्र बैंकको छानविन टोलीको रिपोर्टले देखाएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल