Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीको १५औं महाधिवेशनको हावा आफ्नो पक्षमा फैलाएर संस्थापन पक्षलाई झुकाउने दाउमा युवादेखि मझौलासम्मका नेताहरू ओली नेतृत्वको सरकारले गरेका जनविरोधी गतिविधिबाट रुष्ट बन्दै गएका छन् । ८७ अर्ब सहकारीमा डुब्दा ६५ करोडको जाल फालेर रास्वपा सभापति रवि लामिछानेलाई प्रहरी कष्टडीमा थुनेर काँग्रेसको नाममा डा. आरजु राणाहरूले लिएको प्रतिशोधबाट प्रधानमन्त्री केपी ओलीको कुर्सी बचे पनि जनता र राष्ट्रका पक्षमा केही भएको छैन । काँग्रेसभित्र सरकार सरकार जस्तो नभएको मत प्रकट गर्ने डा. शेखर कोइराला ठूला दुई दल मिल्दा देशै जुरुक्क उठ्छ भनेझैं कुनै बेला डुक्रिन्थे । अहिले ओली सरकारको मधुमास कालमा ५३ अर्ब ५४ करोड आन्तरिक ऋण बढाएर विद्युतको महसुल नतिर्ने दूरसञ्चार प्राधिकरणको राजश्व घटाउने अभियान जसरी चलाइयो त्यसले देशको राजश्व वृद्धि हुन्छ कसरी ? यो विषयमा काँग्रेसको केन्द्रीय समितिमा छलफल हुँदैन । नत एमालेको सचिवालय वा स्थायी समितिमा नै छलफल हुन्छ । मौका पाए कृषिको अनुदान बाँकी नराख्ने महामन्त्री गगन थापा हुन् वा सहकारीको १४ करोड ५० लाख पचाउन खोज्ने उपसभापति धनराज गुरुङ नै किन नहुन् काँग्रेसभित्र यस्ता पौरखी धेरै छन् । ऊर्जामन्त्री बनेका दीपक खड्का आफैं विद्युत प्राधिकरणले उठाउनु पर्ने महसुल उठाउन नलागेर स्काउटको जमिन भाडामा लिएर ९ करोड नतिर्ने भए पनि नेताका अगाडि प्यारा बनेकै छन् । तीन अर्ब ८३ करोडको टेरामक्स प्रकरणले आरजुका विश्वासपात्रहरू मोहन बस्नेत र ज्ञानेन्द्र कार्की जसरी सिंगारिएका छन् त्यसले मुलुकको समृद्धिमा छलाङ मार्ने कुरा काँग्रेसका लागि सुहाउने विषय थिएन । सरकारले जनताको दैनिकीसँग चासो नलिँदा बाढी पहिरोबाट पीडितहरूको हितमा समेत ध्यान दिएन । त्यतिबेला काँग्रेस, एमाले र माओवादीका युवाहरूलाई स्वयं सेवकको रुपमा परिचालन गरेर जनतालाई शीतको चिसोबाट बचाउनेतर्फ दलहरू लाग्नु पर्दथ्यो । यो विषयमा समेत आफूलाई सरकारको कमप्रति विश्वास नलागेको दाबी गर्ने शेखर कोइरालाले चासो दिएनन् । उनको कोटाका पर्यटनमन्त्री बद्री पाण्डे पशुपति धर्मशाला काण्डमा मारवाडीहरूको सेवक बनिरहँदा वर्तमान गठबन्धन बेठिक भन्ने आँट छैन । शेखरले खोेजेको काम हो कि चाकडी ? देश भ्रष्ट शिरोमणिहरूको जालमा फसेको छ । संविधान विपरित राजदूतहरू सिफारिश गर्ने, राजनीतिक नियुक्ति गर्ने काम असंवैधानिक रुपमा भइरहँदा कानुनको परिधीलाई महत्व ठान्ने महामन्त्री गगन र विश्वप्रकाशहरू समेत मौन छन् । यही टिमका भूपेन्द्रजंग शाहीले मेची काली संकल्प यात्रा गर्दा महामन्त्रीलाई वास्ता भएन । जुन महामन्त्री विगतमा जनतासँग काँग्रेस अभियान लिएर मेची–कालि अभियानमा सहभागी भएका थिए । केन्द्रमा नेताहरूको चाकडी गरेर पद प्राप्त गर्ने वर्तमान राजनीतिमा नेपाली काँग्रेस र नेकपा एमाले अगाडि छन् । जनताले आशा गरेको कम्युनिष्ट नेतृत्व पद र कुर्सीमा बन्धक बन्दै जाँदा लोकतन्त्र र गणतन्त्रले आशा गरेको काँग्रेसको युवा पंक्ति समेत थलिएको छ । ओली सरकार मुठ्ठीभर दलाल र माफियाहरूको कब्जामा परेको कुरा यो सरकारले ल्याएका योजनाहरूले नै छर्लङ्ग बनाउँछ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल