Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको साझा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं। सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ। सरकारले गठबन्धनका शीर्ष नेताको सहभागितामा तयार पारिएको प्रतिवेदन आज अपरान्ह सार्वजनिक लागिएको हो । कार्यदलले शुक्रबार कार्यविधि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतृत्वलाई हस्तान्तरण गरेको थियो । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आईतबार प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।