Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारलाई तह लगाउने महेशको घोषणा

काठमाडौं। नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमालेको स्पष्ट बाटो भनेको चुनाव नै भएको बताउँदै सरकारसँग जतिसक्दो चुनावमा मुलुकलाई लैजानको लागि आग्रह गरेका छन् । युवा संघको भेलालाई सम्बोधन गर्दै उनले अहिले नागरिक समाज, बुद्धिजीवीहरुले पनि केपी ओली नै ठिक रहेको निश्कर्ष निकालेको पनि सुनाए । उनले आफूहरु वर्तमान सरकारको गलत कामको विरुद्धमा सशक्त रुपमा सडकमा आउने पनि विश्वास दिलाए । उनले भने, सबै युवा साथीहरुलाई के अनुरोध गर्न चाहन्छु भने प्रतिपक्षीमा भएकोले जतिसक्दो चाँडो निर्वाचन होस भन्ने चाहन्छौं । हामीले सुन्यौं, शेरबहादुर देउवाले आफ्नो प्रतिनिधि अध्यक्ष ओलीलाई भेट्न पठाउनुभयो, उहाँलाई त्यो महशुस गरेर लाग्नुभएको छ भने, उहाँले जतिसक्दो चाँडो एमालेको सहयोग लिएर चुनावमा जानुपर्छ । उनले वर्तमान प्रधानमन्त्री देउवालाई उकासेर पछाडिबाट धकेलेर भीरबाट खसाल्ने योजनामा लागेका प्रचण्ड र माधव नेपाललाई तह लगाउने तागद आफूहरुसँग रहेको सुनाए । उनले भने, माधव नेपालको आडमा, प्रचण्डको सहयोगमा शेरबहादुर देउवाको सरकारलाई मापसे सरकार भनेका छौं, यो मापसे सरकारले मापसे गतिविधि गरिरह्यो भने यसलाई तह लगाउनको निम्ति यो युवा पंक्ति सदैव तयार हुनुपर्छ ।