Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रमा सुधार आउन नसके आउने दिन अझ भयावह हुन सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा भइरहेको नेपाल–जर्मन उद्योग वाणिज्य संघको २९ औं साधारणसभामा उनले यस्तो बताएका हुन् । उनले सरकारले महासंघको सुझाव लिएको भए अर्थतन्त्र हालको अवस्थामा नआउने बताए ।अर्थतन्त्र सुधारको लागि उद्योग वाणिज्य संघले सरकारलाई धेरै सुझाव दिए पनि सरकारले त्यसलाई वास्ता नगरेको उनको गुनासो छ । महासंघको सुझावको ग्रहणा गरेको भए यस्तो अवस्थ आउँदैन थियो कि, उनले भने । त्यस्तै, उनले नीजि क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए । सरकारले सहयोग गरे निजि क्षेत्रले मात्र अर्थतन्त्रमा सुधार ल्याउन सक्ने उनको भनाइ छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल