Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। व्यापारिक घरानाको स्वार्थका लागि करका दरमा तलमाथि गर्न दलालहरु अर्थ मन्त्रालय छिर्ने बाटो सहज भएपछि मुलुक अघि बढ्छ कि व्यापारी ? राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट प्रस्तुत हुने अघिल्लो दिन भन्सार विभागका पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठ गोप्य कोठामा छिरेको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै शाहीले पूर्व नासु श्रेष्ठले गोप्य कोठामा छिरेर करको दर हेरफेर गरेको भन्ने समाचार मिडियामा आएको प्रति संसद्को ध्यानाकार्षण गराएका हुन् । ‘एउटा समाचार आएको छ, करको दर हेरफेर गरियो भनेर । केही व्यापारी घरानालाई पोस्ने गरेर भन्सार विभागका पूर्व ना।सु रामकृष्ण श्रेष्ठलाई बजेट प्रस्तुतको अघिल्लो रात बजेट बनाउने गोप्य कोठामा लगियो भनेर समाचार आएको छ,’– उनले भने । व्यापारी घरानालाई पोस्ने नाममा करको दर हेरफेर हुँदा राज्यलाई ९० करोड रुपैयाँ घाटा लागेको उनको आरोप छ । सोही समयमा भन्सारबाट एक हजार एक सयभन्दा बढि गाडीहरु भित्रिएको तथ्याङ्क रहेको पनि उनले दाबी गरे । अहिल्लो पटक पनि यस्तै चलखेल भएर राज्यलाई घाटा लगाउने काम भएको उनको अरोप छ । यस विषयमा संसदीय समिति बनाएर मन्त्री दोषी पाइएमा कारबाहीका लागि उनले आग्रह गरे । ‘अहिल्लो वर्ष पनि यस्तै भयो । अहिलेको वर्ष छिटै संसदीय समिति छानविन गरेर यदि यो काम अर्थमन्त्रालयबाट भएको हो भने अर्थमन्त्रीमाथि कारबाही गरियोस् । यदि अर्थमन्त्रालयले गरेको होइन भने लेख्ने मिडियामाथि कारबाही गरियोस्,’– उनले भने ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल