Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा शनिवार कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको एकल गजल गायन सम्पन्न भएको छ । एक विशेष कार्यक्रम बीच कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको आफ्नै सङ्गीतमा एकल गजल गायनमा गुञ्जिनुभएको हो । गजलकार धनेन्द्र ओझा र राधा कणेलका शब्द रहेको गजल गायनमा गायक सन्तोषको स्वरले गजलप्रेमीहरू मन्त्रमुग्ध भएका थिए । गजलकार धनेन्द्र ओझाका तीनवटा गजल र राधा कणेलका दुईवटा गजल श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । गजल गायन कार्यक्रममा वाद्यवादन तर्फ तबलामा रमेश डङ्गोल, गीतारमा राजकुमार समाल, बाँसुरीमा धनबहादुर गुरुङ र सारङ्गीमा खुम के.सी.ले साथ दिनुभएको थियो । कार्यक्रममा अग्रज साहित्यकार डा. भोजराज घिमिरे, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, साहित्यकार प्रोल्लास सिन्धुलीय, गजलकार प्रकाश समीर गजलकार बाबु त्रिपाठी, अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कार, आधुनिक नेपाली गजल अभियानका अध्यक्ष विपीन सलामी आदिकोे उपस्थित रहेको थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल