Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोच्चको सेटिङमा अख्तियारको धावा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई पक्राउ गरेको छ ।अदालतमा हुने मुद्दाको सेटिङको घटनाबारे अनुसन्धानका क्रममा अदालतको अभिलेखालय शाखामा कार्यरत नासु सुधिर खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।
अख्तियार स्रोतका अनुसार नासु खड्काले सर्वोच्च अदालतकै एकजना न्यायाधीशको नाम लिएर मुद्दा मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डिल गर्ने गरेका थिए ।
सोही सूचनाका आधारमा खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो । पहिलेदेखि नै अनुसन्धान भइरहेको घटनामा उनको संलग्नता देखिएका कारण नियन्त्रणमा लिइएको हो । खड्कालाई सोमबार पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।
अख्तियार स्रोतका अनुसार नासु खड्कामाथि गुपचुप रुपमा छानबिन भइरहेको छ । सन्धानका क्रममा अरुको संलग्नता देखिए थप व्यक्ति पनि पक्राउ पर्न सक्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सहसचिव) प्रदीप कोइरालाले अनुसन्धानकै क्रममा रहेको घटनाका विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने बताए ।
खड्का पक्राउको विषयलाई सर्वोच्च अदालत स्रोतले पनि पुष्टि गरेको छ । तर, सर्वोच्चका अधिकारीहरुले उनको पक्राउबारे आधिकारिक जानकारी दिन मानेनन् ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल