Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सर्वोच्च अदालत सुचारु हुँदै, बारको आन्दोलन तुहिँदै

काठमाडौं । सर्वोच्च अदालत आजबाट नियमित प्रक्रियामा अघि बढ्ने भएको छ। बारको आन्दोलन र न्यायाधीशहरुको इजलास बहिष्कारले दुई सातादेखि सुनुवाई प्रभावित हुँदै आएकोमा ६ न्यायाधीशहरु इजलासमा फर्किएर मुद्दाको सुनुवाई गरेसँगै नेपाल बारको आन्दोलन पनि कमजोर हुने आँकलन गरिएको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । बारले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना कार्यक्रम आयोजना गरेको थियो । तर, न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएपछि बारको आन्दोलन तुहिने विश्लेषण गरिएको छ । न्यायाधीशद्वय श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ । त्यस्तै, तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ । प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म बहस पैरवीमा नजाने र आन्दोलन जारी राख्ने भन्दै आएको बारमा पनि वकिलहरु विभाजित छन् । बारकै पूर्व अध्यक्ष शेरबहादुर केसी आन्दोलनमा सहभागी छैनन् ।