Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रका खेलाडीलाई पनि छाडेन कोरोनाले

काठमाडौं । त्यसै पनि प्रहरीमा कार्यरत युवानै हुन्छन् त्यसमा पनि खेलाडी उनीहरुको रोगप्रतिरोधी क्षमता कति होला ? तर कोरोनालाई कसैलाई पनि छाड्दो रहेछ । शसस्त्र प्रहरी बलका ३४ जना खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको एपीएफ स्रोतले खबरहबलाई बताएको छ। अघिल्लो पटक लकडाउन हुँदा सीमा सुरक्षा कडाइका लागि प्रदेश नम्बर २ पठाइएका खेलाडी मध्ये अहिलेसम्म ३७ जनामा कोरोना पुष्टि भएको स्रोतले जानकारी दिएको हो। प्रदेश २ बाट काठमाडौं फर्काइएको टोलीलाई दुवाकोट र चोभारको क्वारेन्टाइनमा राखिएको छ। शुक्रबार पुष्टि भएका ३४ मध्ये १८ जना चोभारको क्वारेन्टाइनमा बसिरहेका खेलाडी र १६ जना दुवाकोट क्वारेन्टाइनमा बसेका खेलाडीमा कोरोना देखिएको हो। ३ जनामा यसअघि नै संक्रमण पुष्टि भएर अहिले उपचाररत छन् ।