Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्रमा अत्याचार भाे !

काठमाडौं । सशस्त्र प्रहरीमा ०७२ मा स्थापित लेखा उपसमूहका तल्लो तहले न्याय पाउने अधिकृतमाथिकाले न्याय किन नपाउने ? ३३८ जनाको टिमबाट सई निरीक्षक हुने तर निरीक्षकबाट डिएसपी कहिले हुने आईजीपी साप ? त्यो बेला साधारण कानुन र लेखा समूह बनाइँदा कार्यालय, पद र दरबन्दी तोकियो । तर अरु समूहझैं लेखा समूह अत्याचारमा प¥यो । यो समूहमा निरीक्षकभन्दा अगाडि रहने डिएसपी, एसपीको दरबन्दी खाली छैन भनिँदैछ । जबकि एसएसपी १, डिएसपी २, निरीक्षक १, नायव निरीक्षक १४, सहायक निरीक्षक २२ ? हवल्दार ७६ दरबन्दी रिक्त छ । लेखा समुहको वृद्धि विकास गर्न तालिम समेत भएन । यस्तो तालिम स्वास्थ्य समूह इन्जिनियरिङ र कानुनको पनि गर्नु पर्ने व्यवस्था छ । १३ वर्षसम्म एउटै पदमा कसरी संगठनको प्रतिष्ठा बढ्छ ? आईजीपी र गृहमन्त्री, सचिवले सुन्दा न्यायका लागि भोकमरी र भ्रष्टाचारले बदनाम नेकपाका नेताहरूको घर चाहर्नु पर्ने बाध्यता ३३८ जनालाई किन पारियो आईजीपी साप ? स्मरणीय छ प्रशासन प्रमुखमा पुष्पराम केसी छन् । उनी तत्कालिन एमालेको प्रवक्ता बन्ने कि अत्याचार हटाउन लाग्छन् हेर्नु छ । किनकि अहिलेको सत्ता समिकरणमा पूर्व एमाले हावी छ ।