Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सशस्त्र प्रहरीको आफ्नै योजना : नर्सिङ कक्षाको आन्तरिक तयारी

काठमाडौं । स्थापनाको २६ वर्षको उपलक्ष्यमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल, गृह तथा उप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई उपस्थित गराएर हल्चोकमा भव्य कार्यक्रम गरिँदैछ । सशस्त्र प्रहरीले आफ्नो आन्तरिक संरचनाको सुधार, संगठनभित्र गुम्सेर रहेको बढुवा प्रक्रिया खुला, विपद् व्यवस्थापनदेखि सामाजिक उत्तरदायित्व बहनमा चुस्तता, एयरपोर्टको गहन जिम्मेवारी, भिभीआईपी र सीमा सुरक्षासम्मको जिम्मेवारी लिँदा संस्थागत रुपमा देखिएको सुधारले त्यो संस्थाको नेतृत्व लिएका आईजीपी राजु अर्याललाई कामको जस जति मिलेको हुनुपर्छ संगठन संचालन सामूहिकतालाई जोड दिँदा कार्य विभाजन र कामको प्रकृतिले पनि संगठन स्थापित भएको ठान्नु पर्दछ । दैवी प्रकोप र महामारीका बेला त्यो संस्थाको सक्रियताले जनतामा भरोसा थपेको पनि छ । यस पटकको स्थापना दिवसको शुरुवात समेत सेना प्रहरी, सशस्त्र र पत्रकार बीचको मैत्रीपूर्ण फुटबलबाट भएको थियो । सीमामा खटेको टोली ६÷६ महिनामा बदलिने नीतिले सोर्स फोर्सको भरमा सधैं सीमामा रमाएर तस्करसँग सम्बन्ध राख्ने प्रवृत्तिलाई निरुत्साहित बनाइएको छ । अहिले १२ वटा युनिट यो क्रममा परेका छन् । कोही आईजीपीको समय थप्नमै जोड दिन्थे राजु अर्याललाई भएको अवधि नै बढी बन्दैछ । संगठन सुधार उनको लक्ष्य छ । टिम पनि मिलेको छ । सीमाको सुरक्षालाई जनतासँग जोडेर सशस्त्रले स्थानीय जनप्रतिनिधिको साथ लिनु सकारात्मक पक्ष हो । यस पद्दतिले सुरक्षामा सहजता ल्याएको बताइन्छ । अनिवार्य तालिमको व्यवस्था, वातावरण मैत्री इकाई, १६ वर्षदेखि अड्किएको बढुवाले ६६७८ पदोन्नति, बीओपी २५४ पु¥याउनु, बीओपीको कमाण्डमा नायब उपरीक्षक खट्नु र गुल्महरू स्थापना हुनु, साइबर डेक्स सञ्चालनमा आउनु, प्रति आतंकवाद उपशाखा स्थापना त्यसका सुधार हुन् ।

डिउटीमै सम्पन्न काम
सशस्त्रले १ अर्ब २० करोड ७४ लाख ९७ हजार ५ सय १२ बराबरको चोरी पैठारीको सामान बरामद गरी भन्सारमा बुझाएको छ । संगठनले २१११ ग्राम रु १ करोड ९८ लाख २१ हजार बराबरको सुन बरामद गरी सम्बन्धि निकायलाई बुझाइएको थियो । गस्तीकै क्रममा २८ लाख ७० हजार बराबरको १६७६७ ग्राम चाँदी बरामद गरी सम्बन्धित निकायलाई बुझाएर अनुगमन तथा जाँचबुझका क्रममा ५ करोड ३८ लाख बराबरको अवैध रुपियाँ बरामद गरी सम्बन्धित निकायलाई बुझाएको दाबी गर्दछ । जंगल तथा राजमार्ग अनुगमन गर्दा २ करोड ६४ लाख रुपैयाको ११०३३ क्युफिट काठ बरामद गरेको थियो । सशस्त्रले लागूऔषध गाँजा ४३०१ केजी, चरेश ४४ केजी, ब्राउन सुगर ३६७ केजी अन्य लागूऔषधका ट्याबलेटसहित ३४९ जना व्यक्तिलाई पक्राउ गरी सम्बन्धि निकायमा बुझाएको छ । आन्तरिक जनशक्ति परिचालनमा सशस्त्र सफल बन्दै गर्दा विपद् सम्बन्धी १६७२ वटा घटनामा २९८ जना जिवितै उद्दार गर्दै २४९९ जना घाइतेको उद्दार र ७३३ जना मृद्ध उद्धार गरिएका घटनाहरूमा २१ हजार ३ सय २६ सशस्त्र प्रहरी परिचालन भएका थिए ।

अस्पतालमा सुधार
काम गर्नेलाई निर्देशन र आदेशको मात्र होइन योजना निर्माण र आर्थिक व्यवस्थापनको चिन्ता समेत धेरै हुँदैन । त्यसको उदाहरण एपीएफ अस्पतालभित्र चन्द्रागिरी नगरपालिकाको पहलमा बन्न लागेको खानेपानीको व्यवस्थापन हो । त्यहाँ विगतमा पनि लेखा समूहमा अधिकृतहरु नगएका होइनन् तर यस पटक गणेश मल्ल लेखाको नेतृत्व लिन पुगेपछि अस्पतालभित्र समस्याको रुपमा रहेको खानेपानी व्यवस्थापनको काम चन्द्रागिरी नगरपालिकाको लगानीमा शुरु भइहरेको छ । स्थानीय तहमा जनप्रतिको आकर्षण जगाउन अस्पतालले आफ्ना योजनाहरु बनाइरहेको छ ।

आन्तरिक सुधार बढ्यो
विपद् व्यवस्थापन वेश भन्सारमै सशस्त्रको जिम्मेवारी प्रदेश तहमा फिल्ड अस्पताल यस पटक नयाँ क्षेत्र थपिएका छन् । १२ वर्ष २५ वर्ष सेवा पु¥याएकालाई मेडल, युनिट फर्मेसन चिन्ह प्रदान उच्च हिमाली क्षेत्रमा खट्नेलाई १६ प्रकारका लत्ता कपडाको व्यवस्था गोताखोरको संख्या वृद्धि गरी ७ प्रदेशका ९ स्थानमा परिचालन सीमा स्तम्भ संरक्षण, संयुक्त सीमा गस्ती ब्यारेक तथा गुल्ममा इन्डक्सन चुल्होको प्रयोग जनशक्ति अनुसारको व्यवस्थापन, विपन्न नागरिकको उपचार, जेष्ठ नागरिकको उपचारमा सहुलित, सशस्त्रका निरन्तर दिने सेवा परेका छन् । विद्यालय क्लबहरूसँगको सम्बन्ध पनि बलियो बन्दैछ । संगठनले आवश्यकताअनुसार विश्व स्वास्थ्य संगठनको सहयोग लिएको छ । वीर अस्पतालसँग सहकार्यले अस्पतालको सेवामा गुणस्तर दिनेछ । आफैंले नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । आवास कर्जा, पारिवारिक भ्रमण सुविधा, विद्यालय सञ्चालन पिछपिडएका दुर्गम क्षेत्रका जनजाति, आदिवासी परिवारका जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति, चीनसँग सीमा जोडिएका दुर्गमका जेहन्दार विद्यार्थीलाई कक्षा १० सम्म पढाउने योजना संस्थागत सुधारका काम हुन् । संगठनका प्रवक्ता एसएसपी राजेन्द्र खड्काकाअनुसार जाजरकोट भूकम्पमा मेडिकल टिमसहित ५ सय भन्दा बढी सशस्त्रले १९० को उद्दर गरी ३०१ पाल राखेर ३६ वटा अस्थायी आवास बनाएको थियो । ५५६ घर टहरा हटाएर दश गजाको सुरक्षा दिँदा २६ स्थानमा १३ विघा २३ धुर जमिनमा खेती लगाउन रोक्दा १६१ स्थान दशगजा क्षेत्रको सफाई गरेको छ । सीमा क्षेत्रको अवैध धन्दा रोक्न सशस्त्र सफल बन्दै आएको छ । ६÷६ महिनामा बीओपीको टिमनै फेर्ने योजनाले अवैध धन्दा नियन्त्रणमा सहयोग पुगेको छ ।


सम्बन्धित समाचार