Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सांसद् प्रदीप यादवसहित ६४ जनालाई कोरोना संक्रमण

काठमाडौँ । कोरोना संक्रमण भयावह बन्दै अघि बढेको छ । संक्रमणको दर बढिरहेको बेला पर्साबाट निर्वाचित सांसद् प्रदीप यादवलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज पुगेका सांसद् यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमा पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यावदव तथा स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ६१ जना पुरूष र ३ जना महिला रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार शुक्रबार राति संक्रमण पुष्टि भएका ६४ जना मध्ये प्रतिनिधी सभा सदस्य एक जना र नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी रहेका छन् ।


सम्बन्धित समाचार

इजरायल र लेबनानबीच युद्धविराम

२०८१ मंसिर १२

ताजा नेपाल

आज साँझ ल्याइँदैछ रविलाई काठमाडौं

२०८१ मंसिर १२

ताजा नेपाल