Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साफको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि रंगशाला जाने

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज साँझ हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जाने भएको छ। १२ औँ साफको फाइनल खेलमा बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुँदैछ। साफको फाइनलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। साफको फाइनल फुटबल खेल अवलोकन तथा पुरस्कार वितरणका लागि प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।