Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिआइबीले समात्यो सरकारी छाप किर्ते गर्ने अभियुक्त

काठमाडौं । मान्छेलाई छिटै धनी बन्ने महत्वकांक्षाले अपराध कर्मतर्फ उद्देलित बनाउँछ । सरकारी छाप किर्ते र ठगी मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७० चैत १७ गते सरकारी छाप कीर्ते र ठगी मुद्दामा महतलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ३७ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । बुधबार साँझ ललितपुरको सातदोबाटोबाट पक्राउ परेका महतलाई बिहीबार फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । महतलगायतका व्यक्तिले लोप्साङ लामा र निजकी श्रीमती च्यूङ्ताङ लामाको नाममा रहेको कठमाडौं सीतापाइलास्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलंकीका खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा सरकारी छाप कीर्ते गरी बिक्री गरेका थिए । खरिदार राई भने २०७४ सालमा नै पक्राउ परिसकेको उनले बताए । उनीहरुले काठमाडौं जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजात नक्कली बनाई उक्त जग्गा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठको नाममा नामसारी गराई कास्कीका प्रवीणमान श्रेष्ठलाई ७५ लाख रुपैयाँमा बिक्री गरेको जनाइएको छ ।