Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धुपाल्चोक बाढी, १५ घर बगायो, १८ बेपत्ता

काठमाडौं । वर्षा यामसँगै बाढी पहिरोको जोखिम बढेको छ । रातभरको अविरल बर्षाका कारण आएको बाढी पहिरोले सिन्धुपाल्चोकका दर्जन बढी घरमा क्षति पुगेको छ । दुई जनाको शव भेटिएको छ भने १८ जना बेपत्ता रहेका छन् । बाह्रबिसे नगरपालिका र त्यस उँभोको क्षेत्रका ठाडा खोलाहरु उर्लँदा दर्जनौँ घरमा क्षति पुर्‍याएको छ । अरनिको राजमर्गको जम्बु, खागदल बजारमा बाढीले ठूलो क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढीले खागदलको पक्की पूल नै बगाएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएको जनाइएको छ । बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।
सिन्धुपाल्चोकको बाह्रविसेमा आएको बाढी पहिरोले व्यापक क्षति गरेपछि उद्दारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल जान लागेका छन्। हेलिकप्टर लिएर उद्दार गर्न सभामुख जान लागेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।