Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । व्यवसायीहरुमा इमानदारीता नदेखिएपछि अक्सिजन प्रयोग गरेर सञ्चालन हुने उद्योगहरुमा सुरक्षा कर्मिको निग्रानी बढाउनु पर्ने बाध्यतामा सरकार पुगेको छ । काठमाण्डौ ललितपूर र भक्तपुरका व्यवसायीहरुले सरकारको आग्रहलाई चासो दिएका छैनन् । त्यही कारण महानगरीय प्रहरी परिसर भक्तपुरले संकलन गरेर ९५ वटा अक्सिजन सिलिन्डर अस्पताललाई वितरण गरेको छ । भक्तपुर अस्पताल, लोकन्थलीस्थित इन्टरनेशनल अस्पताल, कोरिया मैत्री अस्पताल र ललितपुरको अल्का अस्पताललाई सिलिन्डर वितरण गरिएको भक्तपुरकी एसपी तारादेवी थापाले ताजानेपाललाई बताइन् । भक्तपुरमा रहेका उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्र र वर्कशपबाट प्रहरीले सिलिन्डर संकलन गरेको हो । अस्पतालको पत्रका आधारमा सिलिन्डर वितरण गरिएको एसपी थापाले बताइन् । भक्तपुर प्रहरीसँग संकलित केही सिलिन्डर बाँकी छ । ती सिलिन्डर पनि अस्पतालको आवश्यकताअनुसार सम्बन्धित उद्योग र वर्कशपलाई फिर्ता गर्नेगरी वितरण गरिने थापाले बताइन् । कोभिड–१९ संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन सिलिन्डर अभाव भएपछि प्रहरीले देशभर सिलिन्डर संकलन गरिरहेको छ । यस्तै स्थिति काठमाण्डौ र ललितपूरका उद्योगहरुमा पनि रहेको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल