Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मेडिकल व्यवसायी तथा राजावादी अभियानमा संलग्न दुर्गा प्रसाईंँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन सुरु गरेको छ । सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग बयान लिन सुरु गरेको ब्युरोका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका उनलाई उच्च सरकारी वकिल कार्यालयमा झिकाएर आजदेखि बयान लिन सुरु भएको छ, उनले भने, आवश्यकताअनुसार थप बयान हुँदैजान्छ । सीआईबीका अनुसार उनले विभिन्न बैंकबाट करिब ५ अर्ब ऋण लिएका छन् । तर, उनले जुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यसविपरीत प्रयोग गरेर बैंकिङ कसुर गरेको अनुसन्धानबाट खुलेको छ । उनले लिएको ऋणको अहिले ब्याजसहित करिब ७ अर्ब पुगेको बताइएको छ । अहिले यस सम्बन्धमा बैंकिङ कसुर मुद्दामा मात्रै अनुसन्धान भइरहेको र पछि सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । चैत १५ मा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनी केही साताअघि भारतबाट पक्राउ परेका थिए । उनलाई नेपाल ल्याएर अहिले जिल्ला प्रहरी परिसरले भने राज्य विरूद्धको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
२०८२ जेष्ठ ६
ताजा नेपाल
२०८२ जेष्ठ ६
ताजा नेपाल
२०८२ जेष्ठ ६
ताजा नेपाल