Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमाना विवादमा कुटनीति समाधान खोजिँदै

विराटनगर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतले निकालेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले कालापानी र लिपुलेक नेपालको भूमि भएको बताए । उपप्रधानमन्त्री पोखरेलले नेपालको सीमा सम्बन्धमा सरकारले भारतीय सरकारलाई औपचारिक पत्र पठाइसकेको जानकारी दिए ।
दुई ठूला पार्टी एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहमति र समझदारीबाट नै अगाडि बढिरहेको बताउँदै भर्खरै सम्पन्न भएको निर्वाचनपछि देखिएको परिणामबाट स्थानीय तहमै समीक्षा गरेर पार्टीको केन्द्रीय समितिमा पठाउन निर्देशन पनि दिइसकेको स्पष्ट पारे ।


सम्बन्धित समाचार