Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमामा भारतसँग चीन पराजित भएको सनसनीपूर्ण खुलासा

एजेन्सी । भारत र चीनबीचको सीमा विवाद अझै साम्य हुन सकेको छैन । कोरोना कहरका कारण आतंकित बनिरहँदा पनि सीमानामा झडप र मुक्कामुक्की भइरहेको छ । गलवान घाटीमा १५ जूनमा भारत र चीनका सैनिकबीच झडप भएको थियो । झडपमा आफ्ना २० जना सैनिक मारिएको भारतले पुष्टि गरेको थियो । तर, चीनतर्फ के कति क्षति भयो भन्नेबारे कुनै जानकारी सार्वजनिक भएको थिएन । चीनतर्फ पनि हताहती भएको अनुमान गरिएको थियो तर चीनले यसबारे अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी दिएको छैन । अमेरिकी अखबार न्यूजवीकले भने यो झडपमा चीन नराम्रोसँग पराजित भएको खुलासा गरेको छ । न्यूजविकको पछिल्लो अंकमा यो सनसनीपूर्ण रिपोर्ट प्रकाशित भएको छ । रिपोर्टका अनुसार १५ जूनमा गलवानमा भएको झडपमा ६० भन्दा धेरै चिनियाँ सैनिक मारिएका थिए ।

यो संख्या त्यहाँ भएको झडपमा मारिएका भारतीय सैनिकको संख्याको तीन गुणाभन्दा बढी हो । न्यूजवीकले भारतीय भूमिमा आक्रमण गर्ने योजनाका सूत्रधार चीनका राष्ट्रपति शी जिनपिङ नै भएको र उनको योजनामा उनको पिपुल्स लिबरेशन आर्मी पूरै फ्लप भएको दावी गरेको छ । पीएलएबाट यस्तो अपेक्षा नगरिएको समाचारमा लेखिएको छ ।

समाचारमा भनिएको छ ‘भारतीय सीमामा चीनको सेनाको असफलताका परिणाम देखिँदै जानेछन् । चिनियाँ सेनाले सुरुवातमा शी जिनपिङलाई यो विफलतापछि सेनाबाट विरोधीहरुलाई हटाउने र वफादारहरुलाई भर्ती गर्न भनेको छ । यसको अर्थ दोष ठूला अधिकारीहरुमाथि लाग्नेछ । सबैभन्दा ठूलो कुरा पार्टीको केन्द्रीय सैन्य कमिशनका प्रमुख र पिपुल्स लिबरेशन आर्मीका कमाण्डर समेत रहेका चीनका आक्रामक शासक शी जिनपिङ अब भारतका जवानविरुद्ध अर्को आक्रामक कदम उठाउनको लागि उत्तेजित हुनेछन् ।’ समाचारका अनुसार मे महिनाको सुरुवातमै लाइन अफ एक्चुअल कन्ट्रोलको दक्षिणमा चीनको फैज अगाडि बढेको थियो । यहाँ लद्दाखमा तीन फरक फरक क्षेत्रमा भारत र चीनबीच अस्थायी सीमा छ । सीमा तय नभएकोले पीएलए भारतको सीमामा पसिरहन्छ । खासगरी २०१२ मा शी जिनपिङ पार्टीको जनरल सेक्रेटरी बनेपछि यो सिलसिला चलिरहेको छ । मे महिनामा भएको घुसपैठले भारत झस्किएको थियो ।

फाउण्डेशन फर डिफेन्स अफ डेमोक्रेसिजका क्लिओ पास्कलका अनुसार मे महिनाले रुसले भारतलाई तिब्बतको स्वायत्त शासित क्षेत्रमा चीनको लगातार युद्धाभ्यास कुनै इलाकामा लुकेर अगाडि बढ्ने तयारी नभएको बताएको थियो । तर, १५ जूनमा चीनले गलवानमा भारतलाई झस्कायो । यो सोचविचार गरेर चालिएको कदम थियो र चीनका सैनिकसँगको झडपमा भारतका २० सैनिक मारिए । समाचारमा अगाडि भनिएको छ ‘गलवानमा भारत–चीनबीच भएको भिडन्त यी दुई देशबीच ४५ वर्षमा पहिलो पटक खतरनाक भिडन्त थियो । विवादित क्षेत्रमा घुस्नु चीनको बानी हो । खासगरी १९६२ को हारपछि पक्षघातग्रस्त भएको भारतीय नेतृत्व र जवान सुरक्षात्मक रहन्छन् । तर, गलवानमा यस्तो भएन । यहाँ कम्तीमा ४३ चिनियाँ सैनिकको ज्यान गएको मानिन्छ । पासकले त मारिने चिनियाँ सैनिकको संख्या ६० भन्दा बढी हुने बताउँछन् ।


सम्बन्धित समाचार