Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमा नजिक अर्का युवा मृत भेटिए

कञ्‍चनपुर । दार्चुलाका जयसिंह धामीको भारतीय सुरक्षा बल एसएसबीले गरेको भनिएको क्रूरतापूर्ण हत्याको चौतर्फी विरोध भइरहेका बेला अर्का नेपाली युवक सिमा नजिक मृत भेटिएका छन् । सोही क्षेत्रका स्थानीय २० वर्षीय कमल वड टनकपुर ब्यारेजको दक्षिणतर्फका जंगलमा शुक्रबार राति मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेका अनुसार वड साउन २० गतेदेखि सम्पर्कविहीन थिए । उनको खुट्टामा चोट देखिएको छ । जंगलमा झाडीभित्र शव भेटिएको उनले बताए । बुधबार साँझ वडसँगै घुम्न गएका स्थानीय मनोज भट्ट र गणेश आउजीसहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डीएसपी न्यौपानेले बताए । भारतीय क्षेत्रमा रहेको शव ल्याउने विषयमा भारतीय प्रहरीसँग समन्वय भइरहेको उनले बताए ।