Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुध्रिँदैन एमाले, चिन्ता लिनु बेकार

केपी ओलीलाई देवत्वकरण गरेर पार्टी चल्थ्यो भने ओलीले भनेभैंm चुनावमा एमाले पहिलो हुन्थ्यो । ओली प्रधानमन्त्री, महेश बस्नेत गृहमन्त्री हुने प्रचार गरिएकै थियो । आज तिनैलाई आफ्नै अहंकार र दम्बले पार्टी सकियो भन्ने कुराको ख्याल छैन । युवाहरू सरकारमा आए । देश तीनले बुझेका छन् । एमाले नेतृत्व त्यो बुझ्दैन । भ्रष्टाचारको नियन्त्रण गर्न कमिशनका गौडा गौडामा प्रहार गर्न थालियो । दिपक भट्टको सम्पत्ति सुद्धिकरण फाइल दबाउन ओलीले लगाए । आज छरपष्ट भयो । ओलीको समृद्धि र विकास त्यही हो । जताततै विकास दौडाएको काँग्रेस, एमाले दुई तिहाईलाई जनताले राम्रै मानेर दोस्रो र तेस्रो बनाए । हिजोको चौथो दल रास्वपालाई १८२ सिट दिएर समयको सबक सिकाए । ओली र देउवाको चुनावी गठबन्धन हुने थियो भने आजको संसदीय शक्ति पनि देखिने थिएन । आफैं प्रम भएको मान्छे सुरक्षा संयन्त्रको सूचना लत्याएर सुरक्षा तयारी नगर्दा भौतिक रुपमा एकै दिन १९ जना विद्यार्थी खलियो लाग्दा दुःख नमान्ने, सरकारी भवन जल्दा पीडा नहुने कति दानवीय रुप होला । यिनैलाई जनताले दुई तिहाई दिनु पथ्र्यो । आफू देवत्वकरणमा रमाउँदा पार्टीमा कस्तो हैसियतका मान्छे केन्द्रीय सदस्य र पदाधिकारी भएछन् । तिनले चुनाव जितेका भए ओली प्रम हुन्थे भने कतिजना रिस उठेकाहरू जेलको सजायँ पाउँथे होला । ओलीलाई कार्की आयोगको रिपोर्टले दोषी करार ग¥यो । रमेश लेखकको पनि त्यही अवस्था हो ।
फौजदारी अभियोगको मान्छे पक्राउ पर्दा सडकामा जात्रा देखियो । भत्काउने अर्काको सम्पत्ति ध्वस्त पार्ने हक एमालेको जति छ अरु दलको छैन । रमेश लेखक ओलीका गृहमन्त्री प्रहरी आईजीपी ओलीकै जिल्लावासी दमनको कारक सरकार हो । प्रहरी त आदेशको पालक हो । छानविनमा तानिन सक्छ । तर राजनीतिका तालुकदार जस्तो होइन । बालेन सरकारले त्यो बुझ्छ । एमालेले जति खेदो खन्यो रवि र बालेनको अरुले खेदेनन् । यो देश ओलीको पेवा थिएन । न त माफिया दिपक भट्ट सहिल अग्रवाल, दिपक मलहोत्रा जस्तो देशभक्तहरूको मात्र हो उनीहरू ओलीकै थिए । ओम्नी र बतास काण्ड त कोरोना कालकै हुन् । जलारी काण्ड, ६० किलो सुन काण्ड ओझेलमै छन् । एकै पटक सबै काण्ड छानविन गर्न सम्भव छैन । सचिवस्तर पाँच वर्षसम्म गरे हुन्थ्यो । सरकारले हतार ग¥यो । सबै दलको प्रतिबद्धताका आधारमा सरकारको नीति तथा कार्यक्रम ल्याएको अवस्थामा आलोचना गर्ने ठाउँ ओली र लेखकको गिरफ्तारी बाहेक के हुन्छ ? काँग्रेसको देउवा गुट समाप्तितिर छ । केपी ओलीलाई हत्यारा बचाउने र यौन लम्पट कर्ण मल्ल, ऐनबहादुर महरहरूको सानदार उपस्थिति ११औं महाधिवेशनमा थियो । महेश बस्नेत त पौरखी नै हुन् । महिलाको चरित्र जे जस्तो होस् एमालेको महिला संघ त शेरधन राईबाट प्रताडित बालिका खड्काका बारेमा पनि बोलेन । ओलीको न्याय सम्पादन यही देखियो । चुनावको बेलामा महिलामाथि ओलीले गरेको छुद्रबचन, बालेनलाई मधेशमा जस्तो झापामा गोबरका गुइँठा बाल्न पर्दैन भन्दै डुक्रिएको फल चुनावले देखायो । अब सडकमा रोएर भएन । भौतिक संरचना भत्काएर हुन्न । जनतालाई कालो बजार, महंगी, बिचौलियापथ, माफिया लाइनको शिकार बनाएर आफूले मोज गर्ने को हो ? जो कानुनभन्दा माथि संविधानलाई कुल्चने हैसियत राख्छ । लोकतन्त्र त्यसकै वरपर घुमेको छ । सरकारले त्यो बुझ्छ । नेताको स्वार्थको लोकतन्त्रले ओली एमालेमा परमपिता बनाइए उनका अघोषित भाइभतिजा र पुत्रपुत्रिहरूले आज पनि दमदार शक्ति प्रदर्शन गर्दैछन् त्यसको अर्थ छैन ।


सम्बन्धित समाचार