Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन्दरीजलबाटै विश्वप्रकाशले गरे उम्मेदवारीको घोषणा

काठमाडौँ । कांग्रेस प्रवक्ता तथा प्रभावशालि नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष  विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भमा सुन्दरीजल पुगेका शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
शर्माले उम्मेदवारी घोषणा गर्ने भन्दै केही दिनअघि नै सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जानकारी गराएका थिए । शर्मा देउवाकै प्यानलबाट महामन्त्री बन्ने वा अरु समूहबाट भन्ने प्रस्ट छैन । देउवाले पनि सभापतिमा आफै उम्मेदवार बन्ने भनिसकेका छन् । तर, उनको महामन्त्री वा कुन पदमा को–को उम्मेदवार बन्ने भन्ने टुंगिएको छैन ।
१४ औँ महाधिवेशनबाट कांग्रेसले दुई जना महामन्त्री निर्वाचित गर्ने नयाँ वैधानिक व्यवस्था छ । यसअघि युवा नेताहरु गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । शर्माले १३ औँ महाधिवेशनमा खुलातर्फ १ हजार ६ सय २० मतसहित १६औँ स्थानमा केन्द्रीय सदस्य जितेका थिए । उनलाई सभापति देउवाले पार्टीको प्रवक्ता मनोनीत गरेका थिए ।