Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन तस्करमा माओवादीकै नेताहरु

काठमाण्डौ । नेपालका कम्युनिष्टले सर्वाहारावर्गको पक्षमा आँफू सत्तामा रहँदा कुनै काम गरेनन वरु देशका सामन्तीवर्गको पक्षपोषण गर्ने कालो बजारलाई प्रोत्साहन गर्ने काममा अग्रसर भए । नेकपा एमाले संसदीय अभ्यासमा पौरखी भयो । तर एमालेले भाग खोज्न पटक पटक संसद अवरुद्ध गरेर संसदीय कालको अवरुद्ध अभियान स्वर्ण अक्षरले लेख्यो । एमालेले जनता, राष्ट्र र सार्वभौम अखण्डताका लागि संसद अवरोध गरेको थिएन् । महँगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, तस्करी नियन्त्रण, सार्वजनिक सम्पत्तिको रक्षा एमालेको राष्ट्रिय मुद्धा बनेन् । एमाले काँग्रेसकै वरपर वस्यो । त्यो काँग्रेस देशको पूँजी माफीया उद्योगपति जो राष्ट्रका गहना थिएनन् । देश टाटा वनाउने आँफू धनाढ्य भएको देखाउने विनोद चौधरीजस्ता राष्ट्र ठग काँग्र्रेसका गहना भए । एमाले काँग्रेसकै वरपर बसेर राज्य दोहन गर्यो । केपी ओलीको ४१ महिने शासनमा कमाउने एमालेका लागि स्वर्णकाल भयो । कोरोनाकाल नाकावन्दीजस्ता राष्ट्रिय संकटका वेला एमाले नेकपाको नाममा शासक थियो । केपी ओलीलाई चित्त बुझाएपछि भ्रष्टाचारी, लुटाहा, तस्कर र विचौलिया माफीयाका लागि राज्यश्रोतका ढोका खुले । रु ७ को सामान २३५ सम्ममा राज्यश्रोत खर्चेर भित्रयाईयो । एमालेले आफ्नै पार्टीको नीति मार्गदर्शन सिद्धान्त विधि प्रकृया सवै लत्यायो । संसदीय त्यो जालमा एमाले रमाउँदा १० वर्षसम्म मुलुक परिवर्तनका लागि बन्दुक उठाएको जाँड रक्सी जुवा तास भ्रष्टाचारी फटाहाको दोहोलो काडेको क्रान्तीकारी पार्टीले उल्टो बाटो रोज्यो । जुन बाटोले १० वर्ष जनयूद्ध त्यसले उठाएका मुद्धा र विषय सवै लत्याउन माओवादी सफल भए । नीतिगत लुटमा कम्युनिष्टको नाममा ठग्दै आएको मजदूर किसान श्रमीक वर्गलाई लोप्पा केपी ओलीले दिए । ओलीलाई ओम्नी, वतास, हुकाम, थामसेकू, यति होल्डिङस, प्यारा भए त्यस कृयाकलापले जनतामाथीको शोषणलाई झन चर्काउन सफल भयो । नैतिक रुपमा कम्युनिष्ट पार्टी पतन हुदै गएको बेला आएका माओवादीको जहाँ जनयूद्धको थलो आधार क्षेत्र थियो । त्यहाँका नेता कृष्णवहादुर महरा, जर्नाजन शर्मा, वर्षमान पून, शक्ति बस्नेतजस्ता नेता यति बदनाम भए की यीनको योगदान सुन तस्करी जनयूद्धको समयमा वैंकहरुवाट लुटीएको सुन पचाउनमै सफल भयो ।
चीनीया नागरिकहरुको नेपाललाई सुन तस्करीको हव वनाउने योजना रहेछ । माओवादी नेता वर्षमान पूनका भाई वहिनीको धन्दा अहिले सार्वजनिक भएका छन् । त्यो माओवादी उसको आर्दश त्याग समपर्णमा त पछि पर्यो पर्यो आफ्नो र अर्को समेत छुट्याउन नसक्ने भएको छ । अहिले सरकारको नेतृत्वमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रम र उपप्रम छन् । सरकारले राम्रो गरेको छ । गृहमन्त्रीको नाताले नारायणकाजी श्रेष्ठले प्रहरीलाई हस्तक्षेप बिना सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरणको फाईल दोस्रो चरण छानविन गर्ने तयारी गर्दा काँग्रेसका शेरवहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, समाजवादीका माधव नेपाल, जसपाका उपेन्द्र यादवहरु विरुद्धमा खडा भए । यो देखिएको तस्वीर हो । नेकपा एमाले सुन तस्करी छानविनलाई विचमा तुहाउन चाहन्छ । त्यसो भएको खण्डमा एमालेका नेता जोडिएका कुनै पनि काण्ड खोल्न केपी ओलीले चाहेका छैनन् । वालकृष्ण खाँडको पक्राउमा शेरवहादुर देउवाकी पत्नी डा. आरजु देउवाले जसरी बोल्दैछिन त्यहाँ दालमा कालो छ । डा. आरजु स्वंय पनि कुनै धन्दामा नजोडिएकी छैनन् । राणाले कन्चनपूरमा जग्गा जसरी लिईन गिरिवन्धु टिस्टेटको २५ विघा उनको भागमा परेको कुरा हावा नआईकन पात हल्लेको होइन् । डा. आरजु किसान हुन की स्मग्लर हुन उनको बारेमा आम नेपालीलाई थाहा छ । यीनै लाई सेवा सुविधा राज्यकै चाहिन्छ राष्ट्र र जनताका लागि डा. आरजुले के गरिन कति गरिन कस्तो गर्छिन त्यो छर्लँग छ । कम्युनिष्टहरु ध्वस्त भएकोमा झन चिन्ता भयो । सुनिदैछ गृहमन्त्री विरुद्धको दलीय सुनामी हटाउन माओवादीका ती नेता चाहँदैनन् । जो भ्रष्टाचार र शुशासनको पक्षमा त बोल्छन तर निर्णायक विन्दूमा जानुपर्दा पछि हटछन् । रोल्पाली नेता कृष्णवहादुर महरा र वर्षमान विरुद्ध रुकुमेली नेता जर्नादन शर्मा र जाजरकोट र डोल्पाका नेता एक छन् । शक्ति बस्नेत अध्यक्ष प्रचण्डसँगको संगत भन्दा जर्नादनको कोटालाई जोड दिन्छन् । उनले चुनावी सरकारले ल्याएको एक घर एक विद्युतीय चुलो अभियान पनि कार्यन्वयन गरेनन् । देशको विद्युत खपत गर्न त्यो योजना जरुरी थियो । स्थानीय तहमार्फत त्यो काम हुन्थ्यो । जसले काम गर्छ उसका विरुद्ध विपक्षी दल लाग्दा माओवादी नेतृत्व र नेता एक हुनुपथ्र्यो । सत्ता लिप्सा र पदको लोभले त्यो देखिएन् ।