Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन तस्करी प्रकरणमा वर्षमान पुनःका विश्वास पात्र भण्डारीसँग सिआइबीले लियो बयान

काठमाडौं। सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो। विध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पूर्वमन्त्री पुनका बिश्वास पात्र मानिन्छन्। कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखेपछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्दा समेत खेपीरहेका भण्डारीको हालै भइरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखा परेपछि सिआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो। नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्वमन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए। सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीबिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गरिएको छ। उनको सम्पति रोक्का गरी मुद्दा चलाइरहेको बेला हालै भएको ६० केजी सुन तस्करी प्रकरणामा अस्वभाविक संलग्नता देखा परे पछि प्रहरीले हिजो बोलाएर सोधपुछ गरेको हो। बयान नसकिए पछि सोमवार पनि थप बयान हुने जनाइएको छ।