Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१० मंसिर, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
विगत लामो समय घटेको सुनको भाउ पछिल्ला दिन केही सम्हालिने संकेत देखिएको छ । यसअघि गत वर्षको माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७५ रुपैयाँ कायम भएको छ । गत वर्षको माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च प्रतितोला ७ हजार ५ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल