Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुपारी र सामान सशस्त्रले समात्यो

काठमाडौं । सर्लाही जिल्लाको मलंगवा नगरपालिका ५ स्थित उर्लैयाबाट मंसीर १७ गते एपीएफ टोलीले करीव चार लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको साउण्ड सिस्टम बरामद गरेको छ । भारतबाट अवैध रुपले रथमा राखेर ल्याउँदै गरेको उक्त साउण्ड सिस्टम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिस्टम तथा रथ भन्सार कार्यालय मलंगवामा बुझाएको छ । उक्त रथको भन्सार दाखिला मुल्य तीन लाख रुपैयाँ रहेको छ । यसैगरी झापा जिल्लाको हल्दीवारी गाउँपालिका ४ स्थित कञ्चनश्रीबाट मंसीर १६ गते एपीएफ टोलीले चोरीपैठारीको सामान बरामद गरेको हो । मे ४ प ७९४ नम्वरको मोटरसाईकलमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । उक्त सामानको भन्सार दाखिला मुल्य दुई लाख २८ हजार दुई सय ७१ रुपैयाँ रहेको छ । यसैगरि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते करीव एक लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स तथा ईलेक्ट्रोनिक सामान एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
उता, झापा जिल्लाको मेचीनगर नगरपालिका ३ स्थित बर्मेली टोलबाट मंसीर १६ गते एपीएफ टोली र नेपाल प्रहरीले चोरीनिकासीको करीव चार हजार पाँच सय ८० के।जी। बराबरको ७७ बोरा सुपारी बरामद गरेको छ । नेपालबाट अवैध रुपले १६ वटा साईकलमा राखेर भारततर्फ लैजादै गरेको उक्त सुपारी सशस्त्र प्रहरी बल, नेपाल नम्वर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले बरामद गरेको हो । बरामद सुपारी तथा उक्त साईकल मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । उक्त सुपारी तथा साईकलको भन्सार दाखिला मुल्य ११ लाख ६९ हजार रुपैयाँ रहेको छ ।


सम्बन्धित समाचार