Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षा समूहमा काँग्रेसी विगविगी !

काठमाण्डौ । सुरक्षा संयन्त्रलाई निष्पक्ष र स्वतन्त्र बनाउने तर्फ काँग्रेसले ध्यान नदिदा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको आन्तरिक वृत्ति विकासमा पूरै अवरोध सिर्जना गरिदिएको छ । साउनमा अबकास हुने राष्ट्रिय अनुसन्धानको सहनिर्देशक पदमा चार दिनको समय राखेर बढुवा गर्नु नेपाल प्रहरीमा बशन्त पन्थ ११ दिन वशनत लामा २४ घण्टे एआइजी बनाएर जात्रा देखाउनु यसका प्रमाण हुन् ।

पन्थ, लामा र कूलदेव थापा सुरक्षा संयन्त्रका प्रतिनिधि पात्र हुन् । यीनको लागि देशले गरेको खर्चको सदुपयोग गरिएन । जसलाई बढुवा गरिएको पदको जिम्मेवारी लिएर संस्थागत सुधारमा ध्यान दिने समय पनि भएन । पैसा पाएपछि जस्तो सुकै निर्णय गर्दा संस्थागत रुपमा नाफा घाटाको कुरा हुन्छ । सरकारले डिआईजीबाट अबकास लिदाको सेवा सुविधा र एआईजीबाट अबकास हुँदाको सेवा सुविधा ख्याल गरेन । विचौलियाबाट गराईएकै कामको लगानी राम्रो हुन्छ भन्ने बुझेको बालुवाटारले यहाँ राम्रै कमाइ गरेको छ ।

सरकारले राष्ट्रिय अनुसन्धानको सहनिर्देशक ३ महिना पछि बढुवा गरायो । त्यो पनि साउन ३ गते उमेर हदका कारण अबकास पाउने कूलदेव थापालाई त्यहाँ जेष्ठता र वरिष्ठता हेरिएन । संगठनप्रतिको दायित्वभित्र क्षमतावानलाई जिम्मा दिएर संस्था प्रतिको दायित्वलाई ख्याल गरिएन । जुनसुकै संगठनमा पनि पत्रुहरु हुन्छन् । त्यसभित्र क्षमतावानलाई जिम्मा दिए संस्थाको प्रतिष्ठा बच्छ । तर यो सरकारको ध्यान त्यता छैन ।

शसस्त्र प्रहरी भित्र त्यस्तै छ । प्रमका स्वकीय सचिव भानु देउवासँग जोडिएका दिपेन्द्र कुवरलाई एसपीबाट एसएसपीमा बढुवा गर्दाको लफडा र प्रबन्धको जिम्मेवारी दिलाईएको कुरा पनि आलोचना मुक्त भएन । एकजनाले गर्दा संगठनको बढुवाले त्यो पछाडिको टोलीको वृत्ति विकासमा पार्ने असरको ध्यान दिइएको छैन । नेपाल प्रहरीमा यस्तो भद्रगोल सुधार्ने क्रम जारी छ । एआईजी डिआईजी एसएसपी एसपी डिएसपीसम्मको बढुवा क्रमले प्रहरीमा चुस्तता देखिएको छ ।

गृहमन्त्रीसमेत निर्णायक बन्न नपाउने गरी भएको एआईजी बढुवाको क्रम निकै आलोचीत भएकै छ । एआईजी विश्व पोख्रेल साउन २० मा अवकाश जानसाथ भदौ १५ कात्तिक मंसीर सम्म चार एआइजी पद खाली हुँदा ती ठाउमा पुग्न राजनीतिक पहुँच र दौडधुपले फेरि प्रहरीमा हल्ला खल्ला हुने कुरालाई छेक्न सकिदैन । साउन २० बाट दरबन्दी खाली हुन शुरु हुने प्रहरीको एआईजी पदमा पुग्न दौडधुप भाद्र २३, कात्तिक १५ र २५ सम्म रहने छ । यो समयमा विश्वराज पोख्रेल अरुण विसी, रविन्द्र धानूक र मुकुन्द आचार्यले एआइजीको उमेर हदका कारण अवकास लिने छन् ।