Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
बलिउड अभिनेत्री सारा अली खानले फिल्मको छायांकनको क्रममा लागूऔषध लिएको आरोप पुष्टि गर्न यतिबेला भारतको लागू औषध नियन्त्रण विभागलाई हम्मेहम्मे परेको छ । यी अभिनेत्रीको स्वास्थ्य परीक्षणमा लागूऔषध सेवनको प्रमाण नभेटिएपछि सो विभागलाई गाह्रो परेको हो । अभिनेत्री रिया चक्रवर्तीले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा सिंहलाई लागू औषधको लत बसाल्नमा अभिनेत्री सारा अली खानको सहयोग रहेको बयान लागू औषध नियन्त्रण विभागलाई दिएकी थिइन् । सोही बयानको आधारमा अभिनेत्री सारालाई विभागमा बोलाएर बयान लिइएको छ । सो बयानका क्रममा अभिनेत्री साराले आफूले फिल्म केदारनाथको छायांकनको क्रममा मात्र होइन, कहिल्यै पनि लागू औषध प्रयोग र सेवन नगरेको भन्दै बयान दिएकी छन् । उनको बयानपछि विभागले सो फिल्मका अर्का अभिनेता नितिश भारद्वाजको पनि बयान लिएको छ । आफूले केदारनाथको छायांकनसँगै अन्य कामको क्रममा कहिल्यै सुसान्त सिंह राजपुत र सारा अली खानले लागूऔषध लिएको नदेखेको बताएका छन् । यसरी सारा अलीविरुद्धको प्रमाण संकलन गर्ने क्रममा लागूऔषध नियन्त्रण विभाग कमजोर बन्दै गाएको छ । अभिनेत्री साराले लागूऔषध प्रकरणमा आफूलाई सुनियोजित रूपमा फसाउने काम भएको बताएकी छन् । बलिउडमा यतिबेला आफू चर्चामा रहेकाले आफ्नो उदाउँदो फिल्म करिअरलाई असफल तुल्याउन यस्तो गरिएको यी अभिनेत्रीको दाबी छ । आफूलाई दोषी ठहर गरेमा सजाय भोग्न तयार भएको तर निर्दोष साबित हुँदा आरोपितले सजाय पाउनुपर्ने यी अभिनेत्रीको माग रहेको छ ।
२०८१ चैत्र २६
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल