Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेनाको कामममा लेखा समितिले थाल्यो छानबिन

काठमाडौं । स्वास्थ्य सामग्र खरिदमा मुछिएको सेनामाथि लेखा समितिले छानविन थालेको छ । संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत गरिएको स्वास्थ्य सामग्री खरिदबारे पनि छानबिन थालेको हो । ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले नेपाली सेनालाई दिएको थियो । मन्त्रिपरिषदले निर्णय गरेर जीटुजीमार्फत सामग्री खरिद गर्ने जिम्मा सेनालाई दिइएको थियो । तर सेनाले खरिद गरेको सामग्रीसमेत गुणस्तरहीन रहेको भन्दै प्रश्न उठेपछि लेखा समितिले छानबिन थालेको हो । स्रोतका अनुसार खरिद प्रक्रियाबारे आवश्यक कागजात नेपाली सेनाबाट मगाएर अध्ययन थालिएको छ । समिति सभापति भरतकुमार शाहले पनि नेपाली सेनाले गरेको खरिद प्रक्रिया पनि समितिले हेर्ने बताएका छन् । उनका अनुसार ओम्नीसँगको सम्झौताको विषयमा निर्णयमा पुगेपछि सेनाले गरेको खरिदबारे औपचारिक रुपमा समितिमा छलफल र छानविन गर्ने समितिको तयारी छ । नेपाली सेनाले खरिद गरेको ३० हजार किट्स काम नलाग्ने भएको छ । यस्तै कतिपय सामाग्री महंगो परेको छ । सेनाले खरिद गरेको पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) को मूल्य स्वास्थ्य सेवा विभागले खरिद गरेभन्दा साढे ५ सय रुपैयाँ बढी छ भने सर्जिकल मास्कमा ५४।३३ रुपैयाँ र सु–कभर ६४।२९ रुपैयाँ बढी परेको पाइएको छ । नेपाली सेनाले क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी०मार्फत चीनको सिनोफार्म ग्रुपबाट स्वास्थ्य सामग्री खरिद गरेको थियो । सिनोफार्म चीन सरकारको स्वामित्व भएको कम्पनी हो ।
नेपाली सेनामार्फत स्वास्थ्य सामग्री खरिद गर्दा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको हस्तक्षेपकारी भूमिका रहेको पाइएको छ । पोखरेल कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिका संयोजक छन् । स्रोतका अनुसार चीनले नेपाली सेनालाई वार्षिक डेढ अर्ब रुपैयाँ बराबरको सहयोग गर्दै आएको छ । यो रकमबाट नेपाली सेनाले गोली गठ्ठा लगायतका सैन्य सामग्री किन्ने गरेको थियो । यसपटक सेनाले कोरोना भाइरस रोकथामका लागि आवश्यक सामाग्री किन्ने प्रस्ताव रक्षा मन्त्रालयमा प्रस्ताव पठाएको थियो । तर रक्षा मन्त्रालयले सेनाको प्रस्ताव अस्वीकार गरेर नेपाल सरकारकै पैसामा खरिद गरेको छ ।