Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेनाले चासो नदिएको त्यो पक्ष

माओवादी आक्रमणमा दाङ कब्जा हुनुअघि पहिले नै घोराहीमा हमला गर्दैछन् भन्ने गोप्य सूचना त्यहाँको पल्टनले सैनिक मुख्यालयमा पठाइसकेको थियो । सँगसँगै गुल्मपति उप्रेतीले निर्देशन पनि मागेका थिए । नभन्दै केहीपछि नै माओवादीले प्रशासकीय अड्डा र प्रहरीमाथि पनि हमला ग¥यो । त्यत्रो हमला हुनुभन्दा अगाडि जानकारी हुँदाहुँदै पनि दाङको गुल्मलाई कुनै अलर्ट बस्ने आदेश दिइएन । सतर्कको सङ्केत पनि हेडक्वाटरबाट पठाइएन मात्र चुप लागेर बस्नु भन्ने आदेश मात्र गएको थियो । अगाडि नै उल्लेख गरिसकिएको छ, दरबार हत्याकाण्डको समयमा नारायणहिटी दरबारभित्र दुई वटा सैन्य गणका सिपाही हत्या गर्ने नियोजित षड्यन्त्र अन्तर्गत जुन ठाउँमा त्यहाँका सिपाही (दरबार हत्याकाण्डको समयका नारायणहिटी भित्रका) सरुवा गरिएका थिए त्यही ठाउँमा माओवादी आवरणमा सैनिक मुख्यालय र प्रचण्ड, बाबुरामको गठबन्धनले षड्यन्त्रपूर्वक आक्रमण ग¥यो ।

पूर्व गृहमन्त्री खुमबहादुर खड्काले टेलिभिजन अन्तर्वार्तामा भने अनुसार उहाँले सबै आइजिपी तथा प्रधानसेनापतिलाई यो मितिदेखि यो मितिसम्म ३ दिनमा घोराही ब्यारेकमा माओवादीले हमला गर्दैछन् भन्ने सूचना दिएका थिए । दाङ अघि डोल्पाको दुनैमा पनि माओवादीले हमला गरे । त्यहाँ भएको गुल्मलाई कुनै सहयोग गर्ने वा सतर्कमा रहने आदेश प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराबाट जाँदै गएन । दाङमा रातभरी माओवादीले हमला गरी हातहतियार गोलीगठ्ठा भारी बोकाइ रोल्पातिर लगे । साथै, गुल्मपति पनि मारिए, सेनाको ठूलो क्षति भयो । हमलाको ३ दिन भइसक्दा पनि कुनै आदेश गएन । सेनाका पाइलटहरूले बारम्बार जहाजमा फिट गरिएका गनबाट बम खसालेर माओवादी नियन्त्रणको प्रयास गरौं भनी अनुरोध गर्दा प्रधानसेनापतिले मान्नुभएन । आर्मीले कुनै प्रतिकार गर्ने एम्बुसपार्टी, ब्लकिङ पार्टी, हेलिकप्टरद्वारा ठाउँ ठाउँमा पोजिसनलाई रोक्ने काम प्रधानसेनापतिबाट भएन । यसरी दाङ आक्रमण नियोजित रूपमा घटाइएको थियो । त्यसैगरी अछामको सदरमुकाम नजिक माओवादीले हमला गरे । माओवादीले अत्यन्तै निर्मम शैलीमा सेनाका सिपाही र अधिकृत गरी ५० जना जतिको हत्या गरे ।

त्यसरी हत्या भइरहँदा प्रधानसेनापति प्रज्ज्वल शमशेर जबरा शशीभवनमा पूजा लगाएर बसे । मलाई लाग्दछ त्यो सप्ताहजस्तै निकै दिन लाग्ने पूजा थियो । सेनापति राणा आफैले रचेको योजना भएकोले उनमा कुनै दुःख थिएन । तर, सैनिक नेतृत्वले ‘रअ’ र ‘सिआईए’ मिसनका माओवादीसँग मिलेर यो सेनाभित्रैबाट खडा गरेर गरिएको षड्यन्त्र त्यहाँभित्रका देशभक्त सैनिकहरूलाई जानकारी थिएन । अर्काेतर्फ माओवादीभित्र पनि प्रचण्ड, बाबुराम, मोहन वैद्य, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, नन्दकिशोर पुन, बलदेव, यामबहादुर अधिकारी जस्ता प्रज्ज्वल शमशेर मिसनका नेपाली सेनाका जासुसहरू बाहेक साधारण माओवादीहरूलाई जानकारी थिएन । उल्लेखित माओवादी नेता एवं कमाण्डरहरू सेनाको क्रिस्चियन केन्द्रमा समेत संलग्न थिए । नेपालभर माओवादी जहाँ जहाँ पुगे त्यहाँ–त्यहाँ चर्च÷मन्डलीहरू स्थापना गर्दै हिँडे । आज नेपालमा देशैभर हजारौँ चर्चहरू छन् ।

माओवादीले नेपाली सेना मारिरहेका थिए । तरपनि कुनै गोली गठ्ठा नपठाइ, प्रतिकारको आदेश पनि नदिई र प्रज्ज्वल शमशेर पूजापाठमा मग्न भए । पल्टनले आफ्नो निजी खर्चबाट पेरिमिटर घेर्ने तार पठाउने काममा समेत चासो दिइएन । प्रधानसेनापतिले जति सिपाही मरे पनि मलाई नसुनाउनु पूजा पाठमा अलच्छिन लाग्छ भनेको खबर विभिन्न पत्रपत्रिकामार्फत् बाहिर चर्चामा आयो । रोल्पाको गाममा पनि माओवादीले हमला गरे । त्यहाँ गोरखबहादुर गणको एउटा गुल्म थियो । गामका गुल्मपति मेजर नीलकण्ठ लगायत गुल्मलाई माओवादीले घेरा हाले । सो गुल्मबाट पटक–पटक गोली गठ्ठा थप सेनाको माग गर्दा पनि हेडक्वाटरले कुनै वास्ता नगरेको खबर सार्वजनिक भयो ।

त्यो बेला मेजर निलकण्ठ सहित झण्डै ३० जना नेपाली सेनाका सिपाहीको हत्या भयो । त्यसैगरी रोल्पाको होलेरीमा माओवादीका सबै ठूला नेता कार्यकर्ताहरू जम्मा भएका थिए । त्यसमा नेपाली सेनाले तलैबाट पूरा घेरा हालेको थियो । हेलिकप्टरबाट बम खसाल्ने र गनबाट हिर्काउनका लागि नेपाली सेनाका पाइलटहरूले तयारी गरिरहेका थिए । तर, सेनाका पाइलटले पटक–पटक माग गर्दा पनि प्रधानसेनापति मुकदर्शक बनिरहे । उहाँले त्यो बेला एकशब्द पनि आदेश दिनुभएन । दरबार हत्याकाण्डपछि पनि दरबारको सुरक्षा सैनिक मुख्यालयको होइन दरबारको छुट्टै शाही वाहिनी गण थियो भन्ने प्रधानसेनापतिको भनाई गैर जिम्मेवारीको पराकाष्टा थियो । अर्काेतर्फ हत्याकाण्ड पछि दरबारमा रहेको सेना, दाङ, मङ्गलसेन, सोलु, सल्लेरी, अर्घाखाँची, बेनी जहाँजहाँ सरुवा गरियो त्यही त्यही माओवादीद्वारा हमला गराउँदै हत्या गराइएको थियो ।

यो विषय स्वयं नेपाली सेनाको जिम्मेवार तहमा रहेर भूमिका निभाएका सैनिक जनरल चिनियाबहादुर बस्न्यातको खुलासापूर्ण अभिव्यक्तिले पुष्टि गरेको छ । माओवादी र क्रिस्चियन मिसनको सम्बन्ध मजबुत थियो । यावत षड्यन्त्रको बाह्यशत्रु दिल्ली र वाशिंगटनका खुफिया ऐजेन्सी ‘रअ’ र ‘सिआईए’ थिए । तत्कालीन सशस्त्र प्रहरी बलका प्रमुख कृष्णमोहन श्रेष्ठको षड्यन्त्रपूर्वक हत्या गरी वार्ताको नाटक मञ्चन गरियो । सेनाभित्र कुमार फुदुङजस्ता पात्रमात्र होइन इन्डो÷पश्चिमी बृहत् रणनीति अन्तर्गत प्रचण्ड, डा. बाबुराम भट्टराई ‘रअ’ र ‘सिआईए’ पश्चिमा रणनीतिक ऐजेन्डामा एउटै केन्द्रमा थिए । वि.सं. २०६२÷०६३ को आन्दोलनको पृष्ठभूमि मात्र होइन कृष्णप्रसाद भट्टराई हराउ अभियान देखि मदन भण्डारी हत्या, माओवादी हिंसाको उदय र वि.सं. २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्डलाई समग्रमा उल्लेखित पृष्ठभूमिबाटै अध्ययन गर्न‘पर्ने हुन्छ ।

यी षड्यन्त्रहरूको पछाडि इन्डो÷सिआईए रणनीति रक्षार्थ कथित नेपाली सेनाको नेतृत्वको संलग्नता रहेको देखिन्छ । एउटा अन्तर्वातामा चीनको वेइजिङस्थित इन्स्टिच्युट अफ एसियन प्यासिफिक स्टडिजका प्राध्यापक प्रा. वाङ होङ वेइ (जो चीनका नेपाल नीति निर्माण मध्ये एक मानिन्छन्) ले पनि हत्यामा दीपेन्द्रको संलग्नताको कुरा हावादारी भएको बताएका छन् । ‘मेरो विचारमा त्यो राजनीतिक षड्यन्त्र अन्तर्गत भएको हत्याकाण्ड थियो, जसलाई पुष्टि गर्ने प्रामाणिक आधारहरू नियतवश मेटाइएका छन् । आरोप तत्कालीन युवराजधिराज दीपेन्द्रमाथि लगाइएको छ । तर, त्यो पत्यार लाग्दो छैन ।’ प्रा. वाङ् थप्छन्– यो हत्याकाण्ड राजनीतिक षड्यन्त्र थियो भने कसको हात थियो त ? देशभित्र र बाहिरका विभिन्न तŒवको । उनको सङ्केत अगाडि नै उल्लेख गरिसकिएको बाह्य रुपमा ‘रअ’ र ‘सिआइए’ आन्तरिक कथित शाही नेपाली सेनाप्रति हो भन्ने कुरा स्पष्ट छ ।
(अर्जुन ज्ञवालीद्वारा लिखित पुस्तकबाट)


सम्बन्धित समाचार