Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयरधनीलाई नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयर

काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारण सभाले १७।८९४७ प्रतिशत लाभांश पारित गरेको छ । कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक बर्ष २०७६–७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । योसँगै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवन भित्रबाट सभा संचालन गरेको थियो । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तु स्थिती बारे जानकारी दिएका थिए । चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले खर्ब ७२ अर्व रकम संकलन र १ खर्ब ७१ अर्व ९७ करोड लगानी गरेको छ । यस आवमा कोषको पुँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरू, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भइरहेका छन् ।
कोषको आर्थिक वर्ष २०७६र७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको जनाएको छ ।


सम्बन्धित समाचार