Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजारमा १.३९ अंकको सुधार, नेप्से परिसूचक १८५३.४८ बिन्दुमा

काठमाडौं । तिहार र छठ पर्वको लामो बिदापछि खुलेको सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
निकै उतार चढाबका बिच बजारमा सामान्य सुधार देखिएको छ । इन्ट्रा डे कारोबारमा बजार बढेर १८७२.४८ बिन्दुमा पुगेको बजार करिब १५ मिनेटपछि घटन थालेर अन्तिम समयमा १.३९ अंकले बढेर परिसूचक १८५३.४८ बिन्दुमा रोकिएको छ ।
२८४ कम्पनीको ३३ लाख १९ हजार ५५८ कित्ता सेयर १ अर्ब ९ करोड ९३ लाख १८ हजार २९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११३ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली देखिएको छ भने केही समूहको उपसूचक भने राताम्मे बनेका छन् । बजारमा बैंकिङ समूहको २.१४, विकास बैंक ४४.८९, जलविद्युत ६.१०, जीवन बीमा ९४.२६, निर्जीबन बीमा ७१.४७, ट्रेडिङ समूहको उपसूचक ३७.४१ अंकले बढेको छ ।
कारोबारमा होटल ९१.८४, उत्पादन तथा प्रशोधन ९५.३१, माइक्रोफाइनान्स ४८.४८ र अन्य समूहको उपसूचक १.९३ अंकले घटेको छ । कारोबारमा ग्लोबल आइएमई लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, समाज लघुवित्त वित्तीय संस्था, साहस उर्जा, हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले कमाएका छन् भने फर्वार्ड माइक्रोफाइनान्स, सयपत्री हाईड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, हिमालयन डिस्ट्रिलरी, पिपुल्स हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।