Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सेयर बजार २६९२ अंकमा पुग्यो

१३ कात्तिक, काठमाडौं । मंगलबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४६.६९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६९२ मा कायम भएको छ ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोडको भयो । यस दिन बजार खुलेदेखि दिनभर हरियाली रह्यो । बजार बन्द हुँदाको अंक नै दिनभरको उच्चतम अंक हो ।

कुल २२१ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.६ प्रतिशत बढ्यो । बैंकिङ १.६०, विकास बैंक २.३२, फाइनान्स ०.३८, होटल तथा पर्यटन २.७७, हाइड्रोपावर २.०३, लगानी १.३६, जीवन बीमा १.८०, उत्पादन ०.९७, माइक्रोफाइनान्स १.५, अन्य १.५७ तथा व्यापार समूह ०.३५ प्रतिशत बढे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुकरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्तको ९.१८, माउन्टेन इनर्जीको ७.३४, खानीखोला हाइड्रोको ६.७, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.५ प्रतिशत मूल्य बढ्यो ।बजार वृद्धिका बाबजुत पनि सेन्ट्रल फाइनान्सको १.८८, लाइफ इन्स्योरेन्स कर्पोरेसनको १.५७, गुडविल फाइनान्सको १.२३, हिमालयन लघुवित्तको १.१२ प्रतिशत मूल्य घट्यो ।  कारोबार रकमका आधारमा समृद्धि फाइनान्स, पिपुल्स हाइड्रोपावर, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र साहस ऊर्जा अगाडि रहे ।