Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सैनिक मुख्यालयको ध्यान यता पुगोस्

काठमाडौं । मिति २०७७ पुस १ गते नेपाल सरकार, रक्षा मन्त्रालय, जनसम्पर्क सूचना निर्देशनालय जंगी अड्डा काठमाडौंले निर्देशक सहायकरथि सन्तोषबल्ल पौडेलमार्फत् ताजानेपाल डटकमलाई पठाएको पत्रमा हाम्रो ध्यानाकर्षण भएको छ । पत्रमा ताजानेपाल डटकमको २०७७ मंसिर १४ गतेको संस्करणमा अर्जुन ज्ञवालीद्वारा लिखित ‘चिनियाँ रक्षामन्त्रीले किन रोजे सैन्य हेर्डक्वार्टर’ लेखमा लगाइएका लाञ्छना आधारहिन, अशिष्ट, अभद्र, भ्रामक र निन्दनीय भनिएको छ ।

यो भन्दा पूर्व २०७६ साल जेठ २ गते स्वयं नेपाल सरकारकै स्वामित्वमा रहेको राष्ट्रिय समाचार समितिलाई उद्दृत गरेर थाहा खबर डटकमले ‘सेनाले त्रिशुलीमा बगाउन लागेको लास त मदन भण्डारीको पो रहेछ’ लेख सार्वजनिक भइसकेको थियो । मदन भण्डारीको लास सेनाले किन बगाउन खोज्यो ? त्यसको नियत के थियो ? राष्ट्रिय नेताको लास बगाउन सेनाले खोज्नुले हत्यामा सामेल भएको पुष्टि गर्दैन र ? के यो विषयमा अहिलेसम्म जंगी अड्डाले हेरेको छैन ?

यस्ता राष्ट्रिय गम्भीर चासोको विषयमा ढिलै भए पनि जंगी अड्डाको ध्यानाकर्षण भएकोमा हामी धन्यवाद दिन्छौं । जहाँसम्म आफ्नै परमाधिपति राजा वीरेन्द्रको हत्या हुँदा स्वयं तत्कालिन प्रधानसेनापति प्रज्वल समशेर जबराले दरबारको सुरक्षा हाम्रो होइन भनेको रेकर्ड स्वयं जंगी अड्डामै होला, आवश्यक परे हामी दिन र सार्वजनिक गर्न तयार छौं । राष्ट्राध्यक्षको सुरक्षा जिम्मा सेनाको नभए कसको हो ?

दरबारको सुरक्षामा रहेको दुईवटा सैन्य गण कसको कमाण्ड थियो ? यसको चित्तबुझ्दो जवाफ नेपाली जनतालाई दिनु पर्दैन ? अहिलेसम्म कुनै पनि सैनिक अधिकारीहरुले यी विषयमा गम्भीर ढंगले जवाफ दिएका छैनन् । बरु एकोहोरो दीपेन्द्रले हत्या गरेको भनेर स्वयं जंगी अड्डाका अधिकारीहरुले बोलिरहेका छन् । यसबारेमा विघटन भइसकेको तत्कालिन राजदरबारका सैनिक सचिव विवेककुमार शाह, सैनिक जनरल चिनियाँ बहादुर बस्नेत, पूर्व प्रधानसेनापति रुकमाङगद कटवाल, पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका एक आपसमा मेल नखाने पुस्तकमा प्रकाशित सूचनाहरु हेर्न नेपाली सेनाको जंगी अड्डालाई विनम्र आग्रह गर्दछौं ।

यी कुराहरुलाई राष्ट्रको सुरक्षाको प्रमुख अंग सैनिक मुख्यालयले प्रष्ट्याउनु पर्दैन र ? यी लेखमा आएका विचारहरु स्वयं सेनाका पूर्व सेनापतिहरु र जनरलहरुका पुस्तकहरु पढेर निकालिएका निश्कर्ष हुन् । हामीले प्रकाशित गरेका सामग्रीहरु कुनै कल्पनामा आधारित, कपोलकल्पित र भ्रामक हुँदैनन् भन्ने कुरा बुझ्न जरुरी छ ।

याे पनि पढ्नुहाेस्


सम्बन्धित समाचार